‘कथाफेस्ट’को अन्तर्राष्ट्रिय फोटो र फिल्म महोत्सव आयोजना हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

फागुन १७ र १८ गते काठमाडौंको बबरमहल रिभिजिटेडमा अन्तर्राष्ट्रिय फोटो र फिल्म महोत्सव आयोजना हुने भएको छ। आयोजकले बताएअनुसार नयाँ र रचनात्मक कलाकारलाई प्राथमिकता दिन ‘कथाफेस्ट’ महोत्सव सुरू गर्न लागेको हो। आयोजकले महोत्सवबीचमा नृत्य, गीत लगायतका अन्य कला प्रस्तुति हुने जनाएको छ।

महोत्सवमा २१ वर्षभन्दा कम उमेरको फोटो र ३० वर्षभन्दा कम उमेरका फिल्म हुनेछन्। करिब २२ सय फिल्म 'कथाफेस्ट'ले पाएको र ती अहिले छनोट क्रममा रहेको आयोजकले जनाएका छ । साथै उत्कृष्ट २५ फोटोग्राफरले खिचेका फोटो महोत्सवमा राखिने र फोटोलाई महोत्सवमै खरिद गर्न समेत सकिन्छ। 'कथाफेस्ट'का फिल्म र फोटो दुई सय रुपैयाँमा 'kathafest.com' मार्फत खरिद गर्न सकिनेछ। हरेक टिकटमा एक स्क्रिनिङ (२ फिल्म र फोटो) हेर्न सकिन्छ।

महोत्सवमा राज भाई सुवाल फोटो प्रतियोगिताको निर्णायक मण्डलमा छन् भने फिल्ममा साम्तेन भुटिया, अभिनाश विक्रम शाह र नेपाल चलचित्र आलोचक समाज रहेका छन्। 'कथाफेस्ट'ले महोत्सवबाट उठेको रकम र युलेन्स स्कुलको सहयोगबाट गाउँका विद्यालयलाई फिल्म र फोटोग्राफीमा सीप विकास गर्न प्रशिक्षण दिनेछन्। त्यसका लागि नेपालका सात गाउँमा क्यामेरा र अन्य सामग्री पनि प्रदान गर्ने आयोजकले जनाएको छ।