‘दर्पण छायाँ’को सिक्वेल बन्ने निरुताको खुलासा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

दुई दशक अघि प्रर्दशनमा आएको सुपरहिट चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल बन्ने भएको छ । हाल चलचित्र 'क्याप्टेन'मा समावेश एक गीतमा भुवन केसी र अनमोल केसीसँग नृत्य गरेर उच्च चर्चामा रहेकी अभिनेत्री निरुता सिंहले एक साप्ताहिकसँगको कुराकानीमा ‘दर्पण छायाँ’को सिक्वेल बन्ने खुलासा गरेकी हुन् । सन् २००१ मा प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित सुपरहिट चलचित्र ‘दर्पण छायाँ’मा मूुख्य भूमिकामा उत्तम प्रधान, दिलिप रायमाझी र निरुता सिंह थिए । यि तीनकै मुख्य भुमिका रहने 'दर्पण छायाँ'को सिक्वेलमा चलचित्रको पहिलो पार्टमा जहाँ काहनी समाप्त भएको थियो त्यहीबाट दोस्रो पार्ट सुरु हुने निरुताले बताएकी छिन्।

निरुताले बताएअनुसार चलचित्र बनाउने कन्सेप्ट उत्तम प्रधानको हो । उत्तमले फोन गरेर निरुतालाई चलचित्रको कन्सेप्ट सुनाएपछि आफु प्रभावित भएको उनले बताइन् । उनले भनेकी छन्, ‘उत्तम जीले सुनाउनु भएको एउटा कन्सेप्ट मलाई पनि राम्रो लाग्यो । अहिले कथामा काम भइरहेको छ ।’ हाल उत्तम प्रधानलेनै लेखिरहेको चलचित्रलाई दीलिप उत्तम र निरुताले निर्माण गर्नेछन् भने तुलसी घिमिरेलेनै चलचित्र निर्देशन गर्ने सम्भावना रहेको छ । यस अघि तुलसी घिमिरेकै निर्देशनमा चलचित्र ‘दर्पण छायाँ २’ बनिसकेको छ तर यस चलचित्रले राम्रो दर्शक कमाएन ।‘दर्पण छायाँ २’मा पुष्प खड्का, सहारा कार्की, श्रद्धा प्रसाई मुख्य भुमिकामा थिए ।

हाल  ‘क्याप्टेन’ को प्रचारमा ब्यस्त रहेकी अभिनेत्री निरुताले लामो समयपछि चलचित्र ‘दाल भात तरकारी’मा मुख्य भूमिकामा अभिनय गरेकी छन् ।