पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध, टी–सिरिजले हटायो राहत र आतिफका गीतहरु

मुम्बई (एजेन्सी) ।

काश्मिरको पालुवामा भएको आक्रमण पछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ। भारतीय सीआरपीएफमाथि भएको आतंककारी हमलापछि भारतमा टी–सिरिज म्यूजिक कम्पनीले पाकिस्तानी गायक राहत फतेह अली खान र आतिफ अस्लमका गीतहरु हटाएको छ । अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो। महाराष्ट्र नवनिर्माण सेनाले पुलवामा आतंककारी हमलापछि बलिउड फिल्म उद्योगलाई पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध गर्न भनेको थियो । टी–सिरिज कम्पनीले आफ्नो यूट्यूब च्यानलका साथै अन्य सामाजिक सञ्जाल पोर्टलबाट पनि पाकिस्तानी गायकका म्यूजिक भिडियोहरु हटाएको छ । खबरहरुका अनुसार टी–सिरिज कम्पनी अहिले भारतीय नागरिहरुको भावनालाई ध्यानमा राख्दै पाकिस्तानी कलाकारहरुसँग सम्बन्धित कुनै पनि विषयवस्तुलाई बढावा दिन नखोजेको बताइएको छ । टी–सिरिज कम्पनीले राहत फतेह अली खान र आतिफ अस्लमसँग हालैमात्रै नयाँ गितको लागि सम्झौता गरेको थियो ।

पालुवामा घटनामा मारिएका सैनिकका परिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघले प्रतिबन्ध उल्लंघन गर्नेविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएको छ। पालुवामा घटनाले नयाँ दिल्ली र इस्लामावादबीचको तनाव बढिरहेका बेला यसको असर कला क्षेत्रमा पनि देखिएको छ। यस्तै महाराष्ट्र नवनिर्माण सेनाले भारतीय म्यूजिक कम्पनीहरु टी–सिरिज, सोनी म्यूजिक, भेनस, टिप्स म्यूजिकलगायतलाई पाकिस्तानी गायकहरुका साथ काम नगर्न भनेको थियो ।पाकिस्तानी गायकहरुका साथ काम गरिरहेको टी–सिरिज कम्पनीलाई कम्पनी बन्द गरिदिने चेतावनी दिएको थियो । साथै महाराष्ट्र नवनिर्माण सेनाले आफूहरुले दिएको धम्कीका कारण टी–सिरिज कम्पनीले पाकिस्तानी गायकहरुका भिडियोहरु हटाएको बताएको छ ।