मिस नेपाल पिसको आवेदन खुल्ला

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको ‘मिस नेपाल पिस’को सातौ संस्करणको आवेदन खुल्ला गरिएको छ । आयोजक संस्थाले बुधबार जारी गरेको विज्ञप्तिमा १६ देखि २८ वर्षसम्मका र कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरुका लागी आवेदन खुल्ला गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रियस्तरमा शान्ति सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगतक ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ । प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाको दाबी छ ।

यहि फागुन ११ गते पहिलो अडिसन हुने यो प्रतियोगीतामा सहभागी हुन चाहनेले नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुबाट आवेदन फर्म भर्न सक्नेछन् । यो सिजनमा सहभागी प्रतियोगिलाई बिभिन्न ग्रुपमा बिभाजन गरेर बेष्ट क्यान्सर सम्बन्धी अभियान समेत चलाउने आयोजकले जनाएको छ ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम प्रतिस्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगिताका शीर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्राबृती जित्न सक्नेछन् ।