फर्केर आउँदा नाका खुलोस भन्दै इजरायल हिँडे शैलेन्द्र सिम्खडा

...

shailendra simkhada and tilak bam mallaकात्तिक २४, काठमाडौं । हाँस्यब्यंग्य क्षेत्रका एक प्रतिभाशाली कलाकार शैलेन्द्र सिम्खडा इजरायल लागेका छन् । स्टेजमा बोलेरै पेचमिचि मिचि हँसाउन खप्पिस सिम्खडा इजयायलमा हुने एक तिहार बिशेष कार्यक्रमका लागि गएका हुन् । उनी त्रिभुवन बिमानस्थलबाट मंगलबार साँझ इजरायल तर्फ लागेका हुन् ।

एन.आर.एन.ए इजरायल र अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको संयुक्त आयोजनामा ‘शुभ दिपावली सप्तरंगी साँझ–२०७२’ यही १३ अक्टोबलमा हुँदैछ । कार्यक्रममा हाँस्यब्यंग्यकार शैलेन्द्र सिम्खडाका साथमा परिवेश ब्याण्डका गायक तिलक बम मल्लको पनि प्रस्तुती रहनेछ । कार्यक्रम भुकम्प पिडितहरुको लागि १ हजार घर निर्माणका लागि आयोजना गरीएको आयोजकले जनाएको छ ।