एकल साँझमा गुञ्जिए लोकप्रिय गायक नरेन्द्र प्यासी

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

लोकप्रिय गायक नरेन्द्र प्यासीले बिहीबार काठमाडौंमा आयोजीत एकल साँझमा दर्जन बढी गीत प्रस्तुत गरे । ‘के भुल भयो प्रिया मसँग बोल्दिनौ’ बोलको गीतबाट सुरु गरिएको एकल साँझमा प्यासीले आफ्नो लोकप्रिय  १४ वटा चर्चित गीत गाएका थिए । अग्रज गीतकार एबम् चलचित्र निर्देशक यादव खरेलको आतिथ्यमा सुरु भएको ‘नरेन्द्र प्यासी एकल साँगीतिक साँझ–२०७५’ मा प्यासीले एकपछि अर्को गर्दै आफ्ना हिट गीतहरु सुनाउँदा करिब दुई घन्टाको बसाईमा दर्शकले खुबै मनोरञ्जन लिइरहेका थिए ।

उनले दोश्रो गीतको रुपमा ‘तिमीले दिने मायाँ…’ गाउँदा दर्शकबाट तालीको बर्षा आएको थियो । यो गीतमा उनलाई महिला स्वरमा शिला बिष्टले साथ दिईन् । एकपछि अर्को गर्दै गायक प्यासीले तिमी विनाको जीवन…, तिम्रो दिलमा चोट लाग्दा…, म त तिम्रो मान्छे बन्न सकिन… जस्ता चर्चित गीतहरु सुनाए ।

आफ्नो एकल साँझलाई निरन्तरता दिने क्रममा गायक प्यासीले एउटा परदेशी आयो…, मनलाई…, माया ओ माया…, जाम क्यारे उडेर…, मेहफिलमा आज…, नजर पापी…, चन्द्रमाले…, फुलको दीलमा पनि…, काठमाडौं छुट्यो हेर्दा हेर्दै…जस्ता चर्चित गीतहरु गाए । आफ्ना प्रथम संगीत गुरु अम्बर गुरुङ सहित अग्रज कलाकारप्रति साँझलाई समर्पण गर्दै गायक प्यासीले एकलसाँझ सुरु गरेका थिए ।

‘नरेन्द्र प्यासी एकल साँगीतिक साँझ–२०७५’मा गायक प्यासीलाई प्रत्यक्ष बादबादनमा दिनेशराज रेग्मी, दीपक थापा, सुरज प्रधान, अनुप दास, कुमार महाराज, भरत बुढाथोकी, सुधिर चौधरी, रविन कार्की, रुपेस सिंह, रत्न विक र भुवन गन्धर्वले साथ दिएका थिए । बिगत ६ वर्षदेखि अमेरिका बस्दै आएका गायक प्यासी यही एकल साँझका लागि काठमाडौं आएका हुन् । यो एकलसाँझ आफुले सोचेको भन्दै निकै सफल भएको गायक प्यासीले कार्यक्रममा बताए ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको सो कार्यक्रममा संस्थानका तर्फबाट गायक प्यासीलाई सम्मानित गरिएको थियो । नेपाली गायन क्षेत्रमा बिगत चार दशकभन्दा लामो समयदेखि सुगम सँगीतबाट योगदान पु¥याएको भन्दै एकलसाँझको आयोजना सहित प्यासीलाई सम्मानित गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।गायक प्यासीको बारेमा सांस्कृतिक संस्थानका बरिष्ट नाटक प्रबन्धक प्रभाकरदेव शर्माले कार्यक्रममा प्रकाश पारेका थिए । यस्तै संस्थानका अध्यक्ष उधोग राईले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमका उदृेश्यबारे प्रकाश पारे