कृष्ण वलीको वास्तविक कथामा ‘रुपाकृ’

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

गएको सोमबार देखी सर्वनाम थिएटरमा सुरु भएको नाटक ‘रुपाकृ’मा कृष्ण वलीको वास्तविक कथालाई समेटिएको छ । विद्युत प्राधिकरणमा कार्यरत कृष्णको प्रेमकथालाई पनि देखाइएको नाटक रेनुका कार्कीले निर्देशन गरेकी हुन् । कृष्ण एकदिन कुनै फिल्मको छायांकन हेर्न गएको मौकामा उनको भेट रुपा मगरसँग भयो । सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध नियमित भेटघाट र कुराकानीपछि प्रेममा परिणत भयो । उनीहरुले अन्तरजातिय विवाह गरे । नयाँ दाम्त्य जीवनको खुशी लिएर कार्यालय पुगेका उनी दुर्घटनामा परे । विद्युत सर्ट भइ कृष्ण जीवन मरणको दोसाँधमा पुगे ।

तत्काल उनको उपचार गराइयो। कृष्ण त बाँचे, तर उनको दुई हात र एउटा खुट्टा सधैंको लागि काटियो । यीनै मर्मस्पर्शी वास्तविक कुराहरुलाई नाटकीय रुप दिइएको छ । नाटकमा सुनिशा बजगाई, सुदिप जंग कार्की, सुमन कुइकेल, लोकेस राई, नारायण ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, राजिव जोशी, परि शाक्यले अभिनय गरेका छन् ।