सुहानाको च्वाइस सूहो

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता शाहरुख खानले छोरी सुहानालाई चलचित्रमा अभिनयमा गर्ने इच्छा भएको तर अभिनयमा आउनुअघि पढाइ पूरा गरेर मात्रै आउने कुराको खुलासा गरेका छन् । यसअघि पनि एक इन्टरभ्यूमार्फत शाहरुखले सुहानाले अध्ययन पूरा गरेर मात्रै बलिउडमा डेब्यू गर्ने बताएका थिए । तर सुहानाका हरेक क्रियाकलापहरु मिडिया तथा सामाजिक सञ्जालमा चर्चा हुने गर्छन् । उनको फ्यान फलोइङ भने कुनै अभिनेत्रीको भन्दा कम छैन ।

यतिबेला सुहाना खान थिएटरमा भने निकै सक्रिय छिन् । उनका तस्बिरहरु मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका छन् । फिल्मी दुनियाबाट टाढा रहेकी सुहानाले हालै आफूले डेटिङ गर्न चाहेका व्यक्तिको बारेमा बताएकी छिन् । इन्स्टाग्राम अकाउन्टमा उनलाई यदि कसैलाई डेट गर्न चाहेमा को सँग डेटमा जानुहुन्छ भन्ने प्रश्नमा सुहानाले ती व्यक्तिबारे बताएकी हु्न् ।

सुहानाले इन्स्टाग्रामा च्याटमा साउथ कोरियन पप गायक, मोडल तथा अभिनेता किम जुन म्योन अर्थात सूहोलाई डेट गर्न चाहेको बताएकी छिन् । सुहानाले किमको एउटा तस्बिर पोष्ट गर्दै उनीसँग डेटमा जान चाहेको बताएकी छिन् । सुहाना यतिबेला लण्डनमा पढाइ गरिरहेकी छिन् । सुहाना खान बलिउडमा सबैभन्दा चर्चित स्टार किड मध्यकी एक हुन।