दर्शक सोर्ताले रुचाए ‘मेरी आमा’ (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

हाम्रा देशका चेलीबेटीहरुका अस्मिता लुटिएका खबर संचार माध्यमहरुमा दिनानुदिन आइनैरहेका छन। निर्मला पन्तले न्याय नपाएको ७ महिना बढी भैसक्यो। यो देशमा अझै पनि बलात्कार जस्तो जघन्य अपराधका दोसि लाई कडा भन्दा कडा कार्वाही हुन पर्छ भनेर लेख साहित्य,आन्दोलन र  बहस हुँदै आएको छ। दैनिक अखबारका पानाहरुमा छापिने रगतले लतपतिएका हाम्रा चेलीबेटीहरुको खबर सुन्दा कुन चाहिँ नेपालीको मन नरोला र अनि  मनमा आक्रोश उत्पन्न नहोला र?

आमाको माया,बलात्कार जस्तो जघन्य अपराधबाट छारी मान्छेलाई हुने पिडा र समाजले हेर्ने नजरलाई आधार बनाएर निर्माण गरिएको गीत 'मेरी आमा' केही समय अघि सार्वजनिक भएको थियो । रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बिकाश सुवेदीको कथा र कन्स्पेटमा गीतको भिडियो तयार भएको हो।

परदेश अमेरिकामा बसेर पनि घरदेशका बारेमा चिन्ता र चासो राख्ने गीतकार प्रलाद शाहले लेखेको गीत 'मेरी आमा'लाई दर्शक सोर्ताले निकै मन पराएका छन। एकदमै मनछुने शब्द रहेको यस गीतमा लोकप्रीय गायिका मेलीना राईको आवाज रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ ।

song: