हङकङ प्रिमियरमा ‘पुरानो बुलेट’ को प्रशंसा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र पुरानो बुलेट को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माइ तेइ हलमा चलचित्रको ग्राण्ड प्रिमियर भयो। पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन् । निर्देशक भिषण राईले निर्देशन गरेको यस चलचित्रको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाए, आयोजक मध्येका एक मज्जाको राईले भने, 'नेपाली मौलिकता बोलेको यो प्रकारको फिल्मको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ ।'

हालसम्म रिलिज सबै चलचित्रमा भन्दा भिन्न अबतारमा देखिएका लिड कलाकार अनुपबिक्रम शाही, अभिनेत्री द्वय वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ दिएका छन् । प्रिमियरमा चलचित्र हेर्ने दर्शकको प्रतिक्रियाले यसै चलचित्रबाट निर्देशनमा पाइला चालेका भीषणलाई नेपाली चलचित्र क्षेत्रको उदाउँदो नक्षत्रको रुपमा उभ्याएको छ, प्राप्त भिडियो रिभ्यू यहि बोल्छ ।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त 'शो'को प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए । यो चलचित्र नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

चलचित्र 'पुरानो बुलेट'मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ । चलचित्रको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।