‘दि ब्रेकअप’लाई पिजी प्रमाण पत्र

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

बधुबार चलचित्र ‘दि ब्रेकअप’ सेन्सर पास भएको छ । चलचित्र बोर्डबाट ‘दि ब्रेकअप’ले पिजी प्रमाण पत्र प्राप्त गरेको छ । यस चलचित्र हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगानीमा रहनु पर्ने भएको छ। चलचित्रमा समावेश किस सिनका कारण चलचित्रले पिजी प्रमाण पत्र पाएको हो ।

हेमराज विसीले निर्देशन गरेको चलचित्रमा कथा, पटकथा निर्देशक विसीकै रहेको छ। आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र आउँदो शुक्रबारबाट सार्वजनिक प्रर्दशनमा आउँने भएको छ । दीपक खतिवडा, रेनु राना, रुपक थापा, र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रले प्रेम र ब्रकअपको कथा बोल्ने छ ।