अमृता आफैले मलाई सारासँग भेट गराएकी हुन् :करीना कपुर ,कस्तो छ सम्बन्ध ?

मुम्बई , एजेन्सी ।

करिना कपुर र प्रियंका चोपडा करण जौहरको च्याट शो ‘कफि विथ करण’ पछिल्लो समयका फाइनल एपिसोडका पाहुना थिए । उक्त इएपिसोड यी दुई अभिनेत्रीले थुप्रै रोचक खुलासा गरे ।  एपिशोडमा अभिनेत्री करीना कपूरले पति सैफकी पूर्वपत्नी अमृता सिंहसँग निकै समयदेखि भेट नभएको खुलासा गरिन्। उनले सैफसँग बिहे गरेपछि अमृतासँग फेरि भेट नभएको बताएकी हुन् । निकै बर्ष अघि प्रर्दशनमा आएको चलचित्र ‘कभी खुशी कभी गम’ मा अमृतासँग भेट भएको बताएकी छिन् । करीनाले त्यस समयमा अमृताले आफूसँग सारासँग भेट गराएको बताईन् ।

उनले भनिन्, ‘सारा मेरो फ्यान थिइन् । यसकारण अमृता र मेरो भेट भएको थियो । मेरो पतिका दुई बच्चाको स्याहार अमृताले गरेकी हुन् । यसको सम्पूर्ण श्रेय अमृतालाई जान्छ ।’ उनले अमृता र सैफका दुई सन्तान आफ्नै भएको बताइन् । उनले भनिन्, ‘हामी प्रेम सम्बन्धमा रहँदा सैफले मलाई प्रपोज गर्दै मलाई भनेका थिए, मेरो दुई सन्तान छन् जो मेरो जीवनको हिस्सा हुन् ।

हालकी चर्चित अभिनेत्री सारा अली खानले पनि आफू बच्चाबेला देखिनै अहिलेकी सौतेनी आमा करीना कपूरकी फ्यान रहेको बताएकी छिन्  । अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान करिना कपूरको चलचित्र ‘कभी खुशी कभी गम’ बाट प्रभावित भएको बताउछिँन् । उनी त्यतिबेला देखिनै करिनाकी फ्यान बनेकी थिईन् । उनले धेरै पटक आफु सधैँ करिनाको नजिक हुन चाहेको बताएकी छिन् । अन्तर्वार्तामा उनलाई अहिले करिना कपूर सौतेनी आमा हुँदा उनलाई कस्तो आभाष हुन्छ भन्ने पत्रकारहरुलाई उनी कडा जवाफ दिने गर्छिन् । उनी भन्छिन् 'म करिना कपूरको एकदमै ठूलो फ्यान थिएँ । उहाँ सँग नजिक हुन मैले धेरै पटक भगवानसँग प्रार्थना गरे । भनिन्छ मानिसले चाहेको र सानैदेखि प्रार्थना गरेको कुरा पुरा हुन्छ, त्यसैले उहाँ अहिले मेरो परिवारमा सामेल हुनुहुन्छ।' उनले धेरै अन्तर्वार्तामा यहि जवाफ दोहोराउने गर्छिन् ।