प्रियंकाको तारिफ गर्दै निक जोनसकी पूर्व प्रेमिका

मुम्बई , एजेन्सी ।

बलिउडमा अभिनेत्री प्रियंका चोपडा जोनस र अमेरिकी गायक निक जोनसको बिषयलाई लिएर निकै चर्चा हुने गरेको छ । उनीहरुको हरेक नयाँ इभेन्टलाई भारतिय मिडियाले मसला बनाइरहेको छ । दुई महिना अघि भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह प्रियंका र निक पछिल्लो समय बेडरुमको एक फोटोका कारण निकै भाईरल बने । प्रियंकाले आफ्नो पति निकसँग बेडरुमको एक फोटो शेयर गरिन् जहाँ निकले एक हातमा सफ्ट ड्रिंक लिएका छन् भने उनको काँधमा प्रियंका निदाएकी छिन् । फोटोको क्याप्सनमा प्रियंकाले लेखेकी छिन् ‘होम’अर्थात घर । जब यो तस्बिर आम मानिस समक्ष पुग्यो ट्वीटर प्रयोगकर्ताले उनीहरुमाथि ब्यंग्य गर्न थाले र प्रश्न गरे कि ‘तपाइंहरुको बेडरुममा को हो त्यो सिक्रेट फोटोग्राफर ?

हालै प्रियंका चोपडा जोनस भ्यानिटी फेयर अस्कर आफ्टर पार्टीमा देखिएकी थिइन् । ब्ल्याक एली गाउनमा प्रियंका निकै आकर्षक देखिएकी थिइन् । प्रियंका आफ्ना श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा पुगेकी थिइन् ।

प्रियंकाको यो लुकले त्यहाँ उपस्थित मानिसलाई मात्र प्रभावित गरेन, निककी पूर्व प्रेमिका माइली साइरस पनि उनीबाट निकै प्रभावित भइन् ।

२६ वर्षे माइलीले निकसँगको प्रियंकाको फोटोमा कमेन्ट गर्दै उनको प्रशंसा गरेकी छिन् ।सेलिब्रिटी मेकअप आर्टिस्ट पेटी डुबराफले प्रियंकाको एउटा तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । यसमा माइली साइरसले कमेन्ट गरिन्, ‘सुन्दर । धेरैभन्दा धेरै माया ’

माइली र निक कुनै बेला प्रेमी प्रेमिका थिए ।स्मरण रहोस्, प्रियंकाको पछिल्लो फिल्म इजन्ट इट रोमान्टिकमा माइलीका पिता लियाम हेम्सवर्थ पनि देखिएका थिए । फिल्मको प्रिमियरपछि प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सबै सहकर्मीलाई ट्याग गर्दै मेसेज पनि लेखेका थिए । उनले यो पोष्टमा माइलीलाई पनि मेन्सन गरेकी थिइन् किनभने माइलीले प्रिमियरमा लियामको प्रतिनिधित्व गरेकी थिइन् ।