सञ्जयलीला भन्सालीको चलचित्रमा सलमान र दीपिका ?

मुम्बई , एजेन्सी ।

सञ्जयलीला भन्साली बलिउडका चर्चित निर्देशक हुन् । सन् १९९९ मा सञ्जयलीला भन्सालीको चलचित्र ’हम दिल दे चुके सनम’मा बलिउड सुपरस्टार सलमान खानसँग काम गरेका थिए । उनी २० वर्षपछि पुन: सलमान खानसँग चलचित्रमा काम गर्न लागेको विषयलाई लिएर भारतीय मिडियाहरुमा चर्चा चुलिएको छ । सलमानको हिरोइन दीपिका पादुकोण हुने चर्चाले पनि बलिउड तताएको छ । यस विषयमा भन्सालीले औपचारिक रुपमा केही नबताए पनि भारतीय मिडियाहरुले भने यो खबरलाई दाबीका साथ प्रस्तुत गरिरहेका छन् ।

जति सहजसँग एक्सन चलचित्रमा काम गर्छन् त्यति नै सहज रोमान्टिकमा पनि काम गर्न सक्ने सलमानले भन्सालीको’हम दिल दे चुके सनम’मा काम गरेका थिए । यो चलचित्रमा सलमान खान र एश्वर्या राय बच्चन एकसाथ देखिएका थिए, यो चलचित्रले बलिउड बक्सअफिसमा कमालको ब्यापार गरेर सुपरहिट साबित भएको थियो ।

२० वर्षपछि सञ्जय र सलमानको एक रोमान्टिक लभस्टोरी चलचित्रका लागि टिमअप हुदैछ । चाँडै छायांकन सुरु हुने बताइएको छ । सलमान र भन्साली टिमअपका लागि केही समययता लगातार छलफलमा थिए । दुबै एकअर्कासँग काम गर्न निकै उत्साहित रहेको भारतीय मिडियाहरुले बताएका छन् ।