कलाकारका प्यारा थिए मन्त्री रबिन्द्र अधिकारी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

बुधबार हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीलाई कलाकारहरुले समवेदना प्रकट गरेका छन् । नेपाली संस्कृतिको क्षेत्रमा पनि ठुलो योगदान दिएका रबिन्द्रले केहि समय अघिमात्रै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय भवन निर्माणका लागी जग्गा खरिद गर्न सरकारको तर्फबाट ४० लाख रुपैंया सहयोग गरेका थिए ।

यस्तै उनी एक गीतकार पनि हुन् । उनले सिर सिर बतास चल्यो बोलको गीत पनि लेखेका थिए, जुन गीतमा ऋषि अधिकारीले स्वर दिएका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका आजीवन सदस्य समेत थिए । उनै स्व. नेता रबिन्द्रलाई केहि कलाकारहरुले सम्झिएका छन् ।

दोहारीलाई असाध्यै माया गर्नुहुन्थ्योः बद्री

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीले रबिन्द्र अधिकारीले दोहोरी गीत र दोहोरी गीतमा लागेका कलाकारलाई असाध्यै माया गर्ने गरेको बताएका छन् । ‘उहाँ पर्यटन तथा संस्कृति मन्त्री हुँदै गर्दा दोहोरीको क्षेत्रमा निकै ठुलो योगदान दिनुभएको छ । उहाँकै पहलमा प्रतिष्ठानको भवन बनाउन ४० लाख दिनुभयो जसमा हामीले ३१ लाख रुपैंया थपेर भवन निर्माणका लागी जग्गा किन्यौं ।’ बद्रिले हिमालय टाइम्ससँग कुरागर्दै भने । उनले भवन निर्माण भएको हेर्न चाहाना राखेको पनि बताए । ‘मलाई फोनमा भनिरहनुहुन्थ्यो, बद्री जी भवन कहिले बन्छ ? हेर्न आतुर छु, अरु सहयोग के गर्नुपर्छ भन्नुस् है भनिरहनुहुन्थ्यो, निकै असल नेता हुनुहुन्थ्यो’ बद्रीले रबिन्द्रलाई सम्झिदै भने ।

रोयल्टीका नायक हुनुहुन्थ्योः कुलेन्द्र

लोकप्रिय लोक गायक कुलेन्द्र बिश्वकर्माले स्व. नेता रबिन्द्र अधिकारी श्रृष्टाहरुको रोयल्टीका नायक रहेको बताउँछन् । उनले श्रृष्टाहरुले रोयल्टी पाउनुपर्छ भन्नेमा नेता रबिन्द्र जहिलेपनि सकारात्मक रहेको बताए । ‘श्रृष्टाको रोयल्टीका नायक माननीय स्व रबिन्द्र अधिकारी प्रती भाब पुर्ण श्रधान्जलि’ कुलेन्द्रले फेसबुकमा लेखेका छन् ।

देशको चिन्ता लागेको छः शिब

लोकप्रिय गायक शिब परियारले नेता रबिन्द्रको निधनले देशको चिन्ता झन् थपिएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, ‘देशमा भएका काबिलियत राम्रा मान्छेहरु क्रमशस्यसरि नै सकिदै जाँदा मलाई दुख लागेको छ ! मेरो देशको झन् चिन्ता लागेको छ ! हार्दिक श्रदान्जली !!!’

रोयल्टी संकलनमा ठुलो भूमिका थियोः महेश

संगीत रोयल्टी संकलन समाजका अध्यक्ष संगीतकार महेश खड्काले नेता रबिन्द्रले रोयल्टी संकलनमा ठुलो भूमिका खेलेको बताए । उनले संस्कृति मन्त्री हुनुभन्दा अघिदेखी नै रबिन्द्रले श्रृष्टाहरुको हकहितमा काम गर्दै आएको पनि जानकारी दिए । ‘उहाँले होटल, एअर लाइन्स, एअरपोर्ट लगायतका ठाउँहरुमा रोयल्टी संकलनका लागी निर्देशन दिइसक्नुभएको थियो’ महेशले भने । केहिदिन अघिमात्रै नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटनमा पुगेका रबिन्द्रले आउँदो साता भेटेर रोयल्टी संकलनको काम तिब्र रुपमा अघि बढाउने कुरा गरेको समेत महेश सम्झिन्छन् ।

स्वर्ग नजाउ तिमीः सुरेश

लोकप्रिय संगीतका सुरेश अधिकारीले आफ्नो फेसबुकमा कमरेड रबिन्द्र भन्दै उनको खाचो अझै रहेको भन्दै लेखेका छन् । उनले स्वर्ग नजाउ फेरी नेपाल मै आउ भन्दै यस्तो लेखेका छन्, ‘कमरेड रबिन्द्र …तिमि स्वर्ग नजाउ फेरी नेपाल मै आउ …अझै केहि बर्ष तिम्रो खाचो छ नेपालमा … तिमि जस्ता धेरै रबिन्द्रहरु चाहिन्छ ! के शब्द ले मान्छौ तिमि …?’

(समाचार आजको हिमालय टाइम्समा पनि प्रकाशित छ)