सुरज थापाको ‘हवाईजहाज’मा ऋचा र राज (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक सुरज थापाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । नेपालीहरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’ बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ भने प्रकाश नेपालीको संगीत छ । गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीत अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल गायक सुरज थापाले गीतलाई मन छुने गरि गाएका छन् ।</p><p style="text-align: justify; ">गीतको भिडियोमा थुप्रै नेपाली चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । परदेशमा जाने नेपालीहरुको कथा व्यथा र छोरो विदेश गए पछि घरमा रहेका आमा बुबाको दुख पिडालार्इ भिडियोमा समेटिएको छ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/TdMtkb24gY0" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>