रिमेक भर्सनमा ‘चट्ट रुमाल’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र 'आफ्नो मान्छे' मा समावेश एक हिट गीत 'चट्ट रुमाल'को रिमेक भर्सन सार्वजनिक भएको छ । दश बर्ष अघि प्रर्दशनमा आएको उक्त चलचित्रको यो गीत दर्शकले सर्वाधिक रुचाएका थिए । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले डालो बोकेर नृत्य गरेको गीतको शब्द निकै रोचक बनेको थियो ।

उक्त गीतलाई प्रर्दशनको तयारीमा रहेको चलचित्र 'यात्रा'मा रि-मेक गरि समावेश गरिएको छ । निर्माण टिमले यस गीतको केही छायांकनका  तस्विरहरु सार्वजनिक गरेको छ । तस्विरमा चलचित्रका प्रमुख कलाकारहरुलाई नेपाली पहिरनमा देख्न सकिन्छ । कलाकारहरु उक्त  पहिरनमा निकै जचेका छन् । गीतको बास्तिवक गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ बाबुराम दाहालको शब्द रचनामा रहेको छ । उक्त गीत गाउनमा शम्भुजितलाई साधना सरगमले साथ दिएकी थिईन् । यस गीतलाई राजन इशानले रि-एरेन्ज गरेका हुन् भने गीतलाई धर्मेन्द्र सेवान र मेलिना राइले गाएका छन् । प्रविन सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको छ  । चैत २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रको गीत यही आउँदो मंगलवार सार्वजनिक गर्ने तयारी रहेको निर्माण टिमले बताएका छन्।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ताको रुपमा रहेका छन् । बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका चलचित्रका निर्माता सुशील पोखरेल हुन् । सम्राट शाक्यले  निर्देशन गरेको यस चलचित्रका कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । चलचित्रको कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने ,प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन  रहेको छ  ।