फेरी पनि अर्को बिरालो लिएर आउँदैछन् प्रकाश कटुवाल

...

prakash katuwal

कात्तिक ३०, काठमाडौं । ‘चोर बिरालो पल्क्यो’ र ‘ढाडे बिरालो’बाट अझ चर्चित बनेका गायक प्रकाश कटुवालले फेरी पनि बिरालो लिएर आउने भएका छन् । अबको केहि दिन पछि बिरालो सँग सम्बन्धित गित बजारमा ल्याउने भएका हुन् । किन बिरालो सँग सम्बिन्धत गित बजारमा ल्याईरहनुभएको छ भन्ने आर्टिस्ट खबरको प्रश्नमा उनले आफुलाई बिरालो फापेको भन्दै बिरालो लाई नछोडेको बताए । उनले ‘चोर बिरालो पल्क्यो’ बोलको गितबाट बिरालो लाई पछ्याएको र चोर बिरालो गितलाई दर्शकले अत्यधिक रुचाईदिएकोले फेरी पनि तिजमा ‘ढाडे बिरालो’ गित ल्याएको र उक्त गितलाई पनि दर्शकले रुचाईदिएको बताउँछछन् । तिज गिज ढाडे बिरालो अलिक ठट्यौली पन भएको गित भएकोले पनि दर्शकको माया पाएको उनी बताउँछन् ।

बि.सं. २०५९ सालदेखी संगित क्षेत्रमा लागेका कटुवाल यतिखेर बिभिन्न देश बिदेशका कार्यक्रममा ब्यस्त छन् । गएको महिनामात्र कुबेतमा लालीगुँरास सांस्कृतिक परिवारको कार्यक्रमबाट भब्य कार्यक्रम सकेर फर्केका कटुवाल भर्खरैमात्र कात्तिक २० गते जापानको एक सांस्कृतिक कार्यक्रम सकेर फर्केका छन् । साथै उनले अबको केहि दिनमै एक मेरो रामेछाप बोलको गित बजारमा आउने तयारीमा रहेका बताए ।