एकसाथ पर्दामा देखिदैँ टाइगर र आलिया

...

<pre style="font-family: &quot;Source Sans Pro&quot;, sans-serif; font-size: 16.8px; line-height: 1.42857; color: rgb(101, 101, 101); text-align: justify;"><span style="font-weight: 700;">मुम्बई , एजेन्सी ।</span></pre><p>बलिउडका अभिनेता टाइगर श्राफ र अभिनेत्री आलिया भट्ट चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’मार्फत एकसाथ पर्दामा देखिने भएका छन् । स्टुडेन्ट अफ दि इयर’मा मुख्य भूमिकामा रहेकी आलिया ‘स्टुडेन्ट अफ दि इयर २’मा भने सानो भूमिकामा र टाइगर श्राफको साथमा एक गीतमा देखिने छिन् । टाइगर र आलिया चलचित्रको एक विशेष गीतमा स्कृन सेयर गर्दैछन् । बताइए अनुसार चलचित्रको उक्त गीत केही दिन पछि खिचिनेछ ।&nbsp;</p><p>फराह खानले करियोग्राफी गर्ने उक्त गीत छायांकनका लागि पूर्व तयारी भइरहेको भारतिय मिडियाले जनाएको छ । अनन्या पाण्डे र तारा सुतरियाको मुख्य भूमिका रहेको यस चलचित्रमा पुनित मल्होत्राको निर्देशन रहेको छ । करण जोहरले निर्माण गरेका चलचित्र&nbsp;आगामी मे १० बाट सार्वजनिक प्रर्दशनमा आउँनेछ ।&nbsp;<br></p>