पहिलो पटक जनियस म्युजिक अवार्ड हुँदै

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

जिनियस म्युजिक प्रा.ली.ले स्थापनाको दश वर्ष पुरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । दशौं वार्षिकोत्सवको अवसरमा कम्पनिले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।

कम्पनिका प्रवन्ध निर्देशक रमेश पाठकका अनुसार २०७५ साल वैशाख १ गतेदेखि चैत मशान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् । २०७६ साल जेठ ११ गते शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा यो अवार्ड वितरण गरिनेछ ।

पहिलो पटक आयोजना हुन लागेको यो अवार्डमा विभिन्न ४१ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने छ । अवार्डमा राष्ट्रिय भावनाको गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, गायक तथा गायिका), चलचित्र गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक र गायिका), लोक तथा दोहोरी (सर्वोत्कृष्ट शब्द, लय, संगीत संयोजक, गायक, गायिका, भिडियो छायांकार, भिडियो सम्पादक, निर्देश्ँक, मोडल, नव मोडल) तामाङ गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक र गायिका), पप तथा आधुनिक (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक, गायिका, यूगल तथा समुह गायन, रेकर्डिष्ट, ध्वनी मुद्रण, नव गायक, नव गायिका, भिडियो छायांकार, भिडियो सम्पादक, निर्देश्ँक, मोडल, नव मोडल), चाडपर्व विशेष गीत (सर्वोत्कृष्ट तीज गीत गायिका, तीज गीत नव गायिका, सर्वोत्कृष्ट दशैं गीत, सर्वोत्कृष्ट देउसी–भैलो गीत), सर्वोत्कृष्ट बाल गीत, सर्वोत्कृष्ट म्युजिक कम्पनि तथा सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागिताका लागि हरेक सिर्जना २०७५ साल भित्र सार्वजनिक गरिएको हुनु पर्ने नियम बनाइएको छ । यसबाहेक अवार्डका नीति तथा नियमहरु आयोजक संस्थाले निर्धारण गरे बमोजिम मान्य हुनेछ । अवार्डमा सहभागिता जनाउनका लागि २०७६ साल वैश्ाँख ६ गते भित्र बुझाइएका फारामहरुलाई मात्र आधिकारिक मानिने समेत आयोजक संस्थाले जनाएको छ ।