आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, माओत्से गुरुङ फिर्चड छन् ।

चैत १५ गते सार्वजनिक प्रर्दशनमा आउँने चलचित्रमा कथा लेखन पनि रामबाबु गुरुङकै रहेको छ । गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन र शैलेन्द्र डी कार्कीको छायाँकन रहेको छ ।

काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको संगीत रहेको चलचित्रलाई विशाल गुरुङ र मोहन राना मगरले निर्माण गरेका हुन ।

trailer:

१९ फाल्गुन २०७५, आईतवार १०:२४