‘रारा राष्ट्रिय नाटक महोत्सब’मा १३ नाटक मञ्चन हुँदै

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

कर्णाली प्रदेशको सुर्खेतमा पहिलो ‘रारा राष्ट्रिय नाटक महोत्सब–२०७५’ आयोजना हुने भएको छ । समृद्ध नेपाल सुखी नेपालको अबधारणमा केन्द्रित रहेर यसपटक यही २३ फागुन देखि २९ फागुनसम्म यो महोत्सब आयोजना हुने भएको छ ।महोत्सब आयोजना सांस्कृतिक संस्थानले गर्दैछ । स्थानीय नाट्य सँस्था आरँग नेपालको सहकार्यमा यस पटकको राष्ट्रिय नाटक महोत्सब आयोजना गर्न लागिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् । महोत्सबका लागि मुलुकका विभिन्न स्थानका १३ नाटक चयन भएका छन् ।

महाप्रबन्धक थापाका अनुसार महोत्सबमा उद्घाटनको दिन २३ फागुनमा आरँग नेपालले नाटक मुसल पर्व मञ्चन गर्दैछ । यस्तै २४ फागुनमा सोलुखुम्बु नाट्य समुह सोलुले आरन, खप्तड सांस्कृतिक मञ्च परिवारले छाउ मञ्चन गर्दैछ ।

यस्तै २५ फागुनमा मानव अधिकार मञ्च नेपालले म पहिलो सन्तान किसान जन्माउँछु, कर्णाली कला प्रतिष्ठान सुर्खेतले आमाको सपना मञ्चन गर्दैछ । २६ फागुनमा गढीमाई नाट्यकला केन्द्र बाराले नाटक दहेज आ दारु, सुदुर पश्चिम साहित्यिक समाज कैलालीले श्रीमान बीरबहादुर मञ्चन गर्दैछ । २७ फागुनमा साईलेन्स एक्ट काठमाडौंले जिउँदो आकाश, कर्णाली खस सांस्कृतिक मञ्च जुम्लाले फड्को नाटक प्रदर्शन गर्ने भएको छ ।

यो महोत्सबमा २८ फागुनमा मञ्जरी नाट्य समुह लमजुङको नौगेडी, शान्तिका लागि युवा सञ्जाल बर्दियाले नाटक हिटवा मञ्चन गर्ने भएको छ । महोत्सबको अन्तिम दिन २९ फागुनमा युथ क्रियसन थिएटर पोखराले नाटक घेरा र ङ समुहले नाटक एक बोली एक दाम मञ्चन गर्ने भएको छ ।

महोत्सबमा २४ देखि २८ फागुनसम्म दैनिक अन्तरक्रिया कार्यक्रम राखिएको पनि सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराएका छन् । यसरी सप्ताहव्यापी रारा राष्ट्रिय नाटक महोत्सबमा देशभरका नाटक मञ्चनसँगै विभन्न विषयमा कार्यपत्र प्रस्तुति र अन्तरक्रिया पनि महाप्रबन्धक थापाले जनाएका छन् ।

जस अन्तर्गत २४ फागुनमा डा. सवित्री कक्षपतिले नेपाली रँगमञ्चमा महिला रँगकर्मीको अबस्था र सोही दिन कान्छी महर्जनले नेपाली रँगमञ्च प्रबृति र प्रयोग शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् । यस्तै २५ फागुनमा प्रविण पूमाले नेपाली रँगमञ्चमा व्यबसायिक विकाश र चुनौती शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् ।

महोत्सबमा २६ फागुनमा चन्द्रप्रसाद पाण्डेयले बर्तमान नेपाली रँगमञ्चमा मञ्चीय प्रस्तुतिको अबस्था र चुनौती, अशोक थापाले नेपाली रँगमञ्चको बर्तमान अबस्था, चुनौती र भावी कार्यदिशा शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् । यस्तै २७ फागुनमा पुरु लम्सालले नेपाली रँगमञ्चमा मिथक तथा सांस्कृतिक प्रभाव र सोही दिन प्रविण खतिवडाले नाटक र सिनेमा अन्तर सम्बन्ध शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् ।महोत्सबमा २८ फागुनमा डा. अभी सुवेदीले नेपाली रँगमञ्च र अन्तराष्ट्रिय रँगमञ्चको सम्बन्ध र सोही दिन रमेश रञ्जन झाले नेपाली रँगमञ्चमा मञ्चीय प्रस्तुतिको अबस्था र चुनौती शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् ।

‘महोत्सबको तयारी लगभग पुरा भईसकेको छ । २३ फागुनबाट सुरु हुने यो महोत्सबमा सहभागी हुने नाट्य टोलीहरु २१ फागुनबाटै धमाधम सुर्खेत पुग्दैछन् ।’ महाप्रबन्धक थापाले भने,‘पछिपरेको प्रदेशको रुपमा कर्णालीलाई लिईएका कारण यसपटक राष्ट्रिय नाटक महोत्सब कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्न लागिएको हो । महोत्सबका लागि यसपटक हामीले १३ ओटा नाटक चयन गरेका छौं ।’