बाल साहित्य महोत्सव सम्पन्न

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले शनिबार कीर्तिपुरमा आयोजीत एक दिने बाल साहित्य महोत्सव सकिएको छ । महोत्सवमा वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई अभिनन्दन समेत गरियो । महोत्सवमा बाल कथाकार यशु श्रेष्ठले सस्वर कथा वाचन गरेका थिए । त्यस्तै काव्य अनुष्ठानमा कवि द्वय असीम सागर र बिना थिंङले कविता प्रस्तुत गरेका थिए ।

क्रिएटिभ एकेडेमी कीर्तिपुर नगरपालिका, कथालय, बाल कला संग्रहालय र शिल्पी थिएटरको संयुक्त आयोजनामा सम्पन्न महोत्सवमा लेखक नरेन्द्रराज पौडेल र डा. ध्रुव घिमिरे, निकिता चण्डक, विपिन कार्कीसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो । यसका साथै कीर्तिपुरमा पर्यटन प्रवद्र्धन विषयमा प्रा.डा. धर्मराज डंगोलले आफ्नो प्रस्तुति दिएका थिए भने पत्रकार राजाराम गौतमसँग बालबालिका माझ सम्पादनका विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो ।

क्रिएटिभ एकेडेमीका विद्यार्थीहरुले चित्रकला, हाजिरी जवाफ, नाटक मञ्चन, साहित्य समीक्षा, सांस्कृतिक प्रस्तुति, हस्त निर्मित कलात्मक वस्तुलगायतका विविध रचनात्मक र सृजनात्मक कार्य प्रस्तुत गरेका थिए । महोत्सव झण्डै दश हजार बढी दर्शकले अवलोकन गरेको महोत्सवका संयोजक खगेन्द्र गौतमले बताए ।