‘हेल्लो जिन्दगी’मा श्वेता अनुबन्धित

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गत वर्ष ‘कान्छी’ चलचित्र निर्माण गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन् । स्वेताले यसपटक भने अन्य ब्यानरमा बाम गर्न लागेकी हुन् । गएको बिहीवार उनी ‘हेल्लो जिन्दगी’मा अनुबन्धित भइन् । यो चलचित्र निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्दैछन् ।

निर्देशक बोहोराको निर्देशन र लेखनमा बन्ने यो चलचित्र सृजना जोशीले निर्माण गर्नेछिन् । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा अनुबन्ध भएपछि अभिनेत्री श्वेताले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा एक स्टाटस कोर्दै आफ्नो लागि खुसीको पल र एकदमै स्पेशल दिन भएको उल्लेख गरेकी छन् । उनले निर्देशक बोहोरालाई ‘डाइनमिक’ निर्देशक भन्दै प्रशंसाको पुल पनि बाँधेकी छन् । श्वेताले धेरैपछि बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेकी हुन् । पछिल्लो समय समाजसेवामा पनि सक्रिय उनले चरित्र मन परेका कारण ‘हेल्लो जिन्दगी’ गर्न राजी भएको बताएकी छन् । चलचित्र पुरुषोत्तम प्रधानले खिच्नेछन् ।