‘पसिना’को ‘सुनैको दरबार’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘पसिना’को शिर्ष गीत सार्वजनिक गरिएको छ । महाशिवरात्रीको अवसर पारेर चलचित्र टिमले प्रचारप्रसारमा थप सहयोग हुने हेतुले ‘सुनैको दरबार’ बोलको गीत सार्वजनिक गरेको हो । मीना पोखरेल निरौलाको स्वर रहेको गीतमा  निर्देशक आर. बि खत्री ‘शरद’ ले शब्द लेखेका छन् । यस्तै गीतमा संगीत दिपक शर्माको संगीत रहेको छ । छुल्ठिम डोल्मा गुरुङलाई फिचर्ड गरिएको भिडियो राजीब समरले कोरियोग्राफी गरेका हुन् । निरज कंडेलले छायांकन गरेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य  र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । आर.बी. खत्री ‘शरद’ को कथा रहेको ’पसिना’ को निर्माता शान्ता ढकाल हुन् । चलचित्रका कार्यकारी निर्माता  संजय महतो हुन् । चलचित्र आउँदो बर्षको बैशाख २७ गते बाट प्रदर्शनमा आउँदैछ ।

https://www.youtube.com/watch?v=ikzoNRHxTQQ