आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेता राजेश हमालले आफू हुर्केको जिल्ला नवलपुरमा शिवालय मन्दिर बनाउने भएका छन् । सोमबार महाशिवरात्रीको अवसर पारेर नवलपुरको देवचुली ४ मा पर्ने झाक्रेमा राजेशसँगै उनका भाई राकेश हमाल र दिदि डाक्टर रिता सिंहले संयुक्त रुपमा शिलान्यास गरे । मन्दिर निर्माण हुने भनिएको जग्गा पनि हमाल परिवारकै हो । हमाल परिवारले जम्मा एक कठ्ठा एघार धुरमा जग्गा मन्दिर निर्माणका लागी सहयोग गरेका हुन् ।

‘हजुरआमा दुर्गेश्वरी केसी (मामा घरको) ले यसैठाउँमा शिवालय मन्दिर बनाउने चाहाना राख्नुभएको थियो, आज उहाँ यो संसारमा नभएपनि उहाँको चाहानालाई पुरा गर्ने जमर्को गरेका हौं ।’ राजेशले भने । राजेशले आफ्नो बालापन नवलपुरमै बिताएको भन्दै यस ठाउँलाई कहिल्यै बिर्सन नसक्ने बताए ।लामो समयदेखी नवलपुरमा समाजसेवा गर्दै आएका राजेशका दाजु राकेशले हजुरआमा र आफूहरुको पहिलेदेखीको चाहाना शिवालय मन्दिर निर्माणको कार्य आजैबाट सुरु भएको बताए । यस्तै दिदि डाक्टर रिताले कार्यब्यस्तताका कारण काठमाडौंमै रहेपनि बाल्यअवस्था बितेको ठाउँ नवलपुर र नवलपुरबासीलाई सदैव मनमा राखेको बताइन् । मन्दिर निर्माणमा आफूहरुले नै सम्पूर्ण खर्च गर्ने अभिनेता राजेशले बताएका छन् ।

video: