नेपाल लोकस्टारको सुर्खेत अडिसन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रि–असडिसन अन्तर्गत प्रदेश नं. ६ को सुर्खेतमा सोमबारको प्रि–अडिसन सकिएको छ । चाहना मिडियाले आयोजना गरेको यो प्रतियोगीताको सुर्खेत प्रि–अडिसन मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भइरहेको छ ।

आयोजक संस्थाका अध्यक्ष सहदेव कोइरालाका अनुसार प्रदेश नं. ७ मा फागुन १६ गते कैलाली बहुमुखी क्याम्पसमा प्रि–अडिसन भएको थियो । उक्त अडिसनमा ९३८ जना सहभागी भएका थिए । सहभागि मध्येबाट ४६ जनालाई छनोट गरिएको कोइरालाले जानकारी दिए । ७ वटा प्रदेशमा हुने अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने अध्यक्ष कोइरालाको भनाइ छ ।

कार्यक्रम एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुनेछ । प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ ।

२० बाट १० सम्म ५०÷५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ । विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’को लागत खर्च साढे १५ करोड हुने आयोजकको अनुमान छ । ‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।