करणप्रति कंगनाको आक्रोश

मुम्बई , एजेन्सी ।

बलिउडकी क्वीन कंगना रनावत एक कार्यक्रममा निर्देशक करण जोहरप्रति आक्रोषित भएकी छिन् । इन्डिया टुडेको विशेष कार्यक्रममा पुग्दै कंगनाले करणप्रति फेरि आक्रोश पोखेकी हुन् । कंगना र निर्माता तथा  करणविच अझै पनि खटपट सकिएको छ।  कंगनाले करणलाई बलिउडमा परिवारबादलाई महत्व दिएको आरोप लगाउँदै आएकी छिन् ।

करणले संचालन गर्दै आएको ‘कफी विथ करण’ शोमा तपाइलाई उत्कृष्ट नायिकाको सूचीमा राखिएन, तपाई के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘म आफू बाहिरिएको सोच्दिनँ । म साच्चै महशुश गरिरहेको छु कि, म झनै माथि उभिएकी छु । तपाई नायिकाको बारेमा कुरा गर्नुहुन्छ भने, तपाइको अगाडि ३ पटक राष्ट्रिय अवार्ड जितेकी नायिका छिन् । करणले विश्वको अगाडि ती नायिकाको नाम अगाडि सारेका छन्, जसको अभिनय अझै पनि प्रश्नको विचमा घेरिन्छ ।’

नायिका रनावत यत्तीकैमा रोकिइनन् । उनले अगाडि भनिन्–‘करणले आइफा अवार्डमा पनि मलाई ‘परिवारबाद’को बहसमा तानेका थिए । उनले मलाई कामविहिन नायिका भएको र कामका लागि उनीसँग हात जोडेको जस्ता आरोप लगाए । एकपटक म उनलाई मेरो प्रतिभा हेर्न र उनको चलचित्र हेर्न आग्रह गर्दछु । मलाई लाग्दैछ, केही मानिसहरुलाई अझै पनि च्यावनप्राशको आवश्यकता छ ।’