‘कबड्डी ३’मा उपासनालाई अफर

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र 'क्याप्टेन'मा मेघास्टार अनमोल केसीसँग जोडी बाँधेकी उपासना सिंह ठकुरीलाई अर्को नयाँ चलचित्रका लागि अफर आएको छ । नेपाली सिने बजारको एक भनाई छ 'नयाँ हिरोइनहरुको मेघास्टार अनमोल केसीसँग चलचित्रमा काम गरेपछि भाग्य खुल्छ।' हाल उपासनालाई चलचित्रका लगि यति चाँडै अफर आएको देख्दा यदाकदा यो भनाई साच्चिकै सिही हो भन्ने अनुमान  गर्न सकिन्छ ।

डेब्यु चलचित्रबाटै सर्वाधिक चर्चा कमाउन सफल उपासना सिंह ठकुरीको भाग्य खुल्ने देखिएको छ। 'क्याप्टेन'मा गाउँमा जन्मी हुर्किएर काठमाण्डौ आएकी एक यूवतीको भूमिका निर्वाह गरेकी उनको अभिनयको हाल सिने बजारमा चौतर्फी चर्चा भैरहेको छ । उनलाई चलचित्र  ‘कबड्डी ३’बाट अफर आएको छ । रामबाबु गुरुङले निर्देशन गर्न लागेको चलचित्र ‘कबड्डी ३’मा उपासनाको अभिनयलाई देखेर उनलाई अफर गरेको बताएका छन्। ‘क्याप्टेन’को ट्रेलर हेरेलगत्तै निर्देशक गुरुङ ठकुरीबाट प्रभावित भएका थिए । गुरुङले ‘कबड्डी ३’मा नायिकाको मुख्य भूमिकालागि उपासना सिंह ठकुरीलाई अफर गरेका हुन् ।

उपासनाले भने तत्कालै उक्त अफर प्रति स्वीकृती जनाइनन् ।  ‘क्याप्टेन’को प्रतिक्रिया पछि मात्र उक्त चलचित्र आफूले गर्ने वा नगर्ने भन्ने निर्णय लिने बताईन् । तर उपासनाले केही दिन भित्रै ‘कबड्डी ३’मा संझौता गर्छिन भन्ने अनुमान गर्न सकिन्छ । चलचित्रका लागि नायक भने दयाहाङ राई फाइनल भैसकेका छन् । ‘कबड्डी', ‘कबड्डी -कबड्डी' र ‘कबड्डी ३’मा पनि मुख्य भूमिकामा दयाहाङ राईलाई नै देख्न सकिन्छ । उक्त दूई चलचित्रको अभिनयलाई लिएर राईले चौतर्फी चर्चा बटुलेका थिए । अब यस चलचित्रबाट भने कस्तो प्रतिक्रया पाउलान् भन्ने एक खुल्दुलीको बिषय बनेको छ । बताइए अनुसार ‘कबड्डी ३’मा प्रदिप खड्कासँग पनि कुरा भैरहेको छ ।