रिमेक भर्सनमा ‘चट्ट रुमाल’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

राईजिङ स्टार सलिनमान बानिँया अभिनित चलचित्र ‘यात्रा’मा समावेश दोश्रो गीत सार्वजनिक भएको  छ । निर्माण टिमले मंगलबार एक कार्यक्रमका बीच गीत ‘चट्ट रुमाल’को रिमेक भर्सन सार्वजनिक गरेको  हो । दशक पहिले चलचित्र 'आफ्नो मान्छे'मा समावेश एक हिट गीत 'चट्ट रुमाल'को रिमेक भर्सन हाल चलचित्र ‘यात्रा’मा समावेश गरिएको छ । यस गीतलाई राजन इशानले रि-एरेन्ज गरेका हुन् भने गीतलाई धर्मेन्द्र सेवान र मेलिना राइले गाएका छन् । प्रविन सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा प्रेक्षा बज्राचार्य लगायतको अभिनय रहेको छ  ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ताको रुपमा रहेका छन् । बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका चलचित्रका निर्माता सुशील पोखरेल हुन् । सम्राट शाक्यले  निर्देशन गरेको यस चलचित्रका कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । चलचित्रको कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने ,प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी ,हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन रहेको छ। चलचित्रको प्रर्दशन मिति चैत २९ गतेलाई तोकिएको छ ।

song: