चार अभिनेताले अस्वीकार गरेको चलचित्र रणवीर कपूरले स्विकार्लान?

मुम्बई , एजेन्सी ।

पछिल्लो समय देखि राकेश शर्माको जीवनमा आधारित बायोपिक चलचित्र ‘सारे जहाँ से अच्छा’अभिनेताका कारण निकै चर्चाको बिषय बनेको छ। यस चलचित्रका लागि बलिउडका चर्चित अभिनेता आमिर खान, शाहरुख खान र सुशान्त सिह राजपुत लाई अफर गरिएको थियो ।

तर यि तीननै जनाले चलचित्रमा अभिनय गर्न अस्वीकार जनाएपछि अभिनेता विक्की कौशल राकेश शर्माको भूमिकाका लागि फाइनल भएका खबरहरु सार्वजनिक भएका थिए । तर भारतिय संचारमाध्यमका अनुसार हाल यस चलचित्र विक्की कौशलको हातमा नभएर अभिनेता रणवीर कपूरको हातमा आईपुगेको छ ।

निकै समय अघि चलचित्र निर्माताहरुले ‘सारे जहाँ से अच्छा’ को लागि अभिनेता आमिर खानलाई चुनेका थिए । तर आमिरले आफ्नो व्यस्तताका कारण समय दिन नसक्ने भन्दै शाहरुखलाई यो चलचित्र गर्न भनेका थिए। शाहरुखले पनि आमिरको प्रस्ताव स्वीकार गर्दै चलचित्रमा काम गर्न राजी भएका थिए । यसै शिलशिलामा शाहरुख पनि साथी आमिरले आफूलाई यस चलचित्रमा काम गर्ने अवसर दिएकोमा आफू कृतज्ञ भएको भन्दै आमिरलाई धन्यवादसमेत दिएका थिए । अन्तरिक्षमा पुग्ने पहिलो भारतीय नागरिकको बायोपिकमा काम गर्न लागेको जानकारी शाहरुख आफैले दिएका थिए । तर शाहरुखले पनि केही कारणबस चलचित्र नगर्ने घोषणा गरे । लामो समयदेखि अन्यौलमा परेको यस चलचित्र हाल रणवीर कपूर सामु पुगेको छ । तर रणवीरले  हाल चलचित्रबारे अहिले केही बोलेका छैनन् । रणवीर कपूर यतिबेला ‘ब्रम्हास्त्र’को छायाँकंनमा व्यस्त छन् । उक्त चलचित्रलाई निर्देशक अयान मुखर्जीले निर्देशन गर्दैछन् । अब रणवीरले ‘सारे जहाँ से अच्छा’मा काम गर्लान वा नगर्लान कौतुहल्ताको बिषय बनेको छ । उनको तर्फबाट आधिकारिक जानकारीहरु आउँन बाँकीनै छ ।