‘कंचना’को हिन्दी रिमेकमा अक्षय कुमार

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई , एजेन्सी ।</span></pre><p style="text-align: justify; ">खत्रोकी खिलाडी नामले चर्चित बलिउडका अभिनेता अक्षय कुमार करिब १२ वर्षपछी हरर कमेडी चलचित्रमा अनुबन्धित भएका छन् । तामिल हिट हरर चलचित्र ‘कंचना’को हिन्दी रिमेक ‘लक्ष्मी’मा उनले काम गर्न लागेका हुन्। उनले हरर चलचित्र 'भुलभुलैया'मा दशक अघि काम गरेका थिए । यस चलचित्रमा उनी कलाकारको रुपमा मात्रै नभई निर्माताको रुपमा पनि रहेका छन् । </p><p style="text-align: justify; ">अक्षय हाल रोहत सेट्टीको निर्देशनमा निर्माण हुदैँ गरेको चलचित्र ‘सुर्यवंशी’मा ब्यस्त छन् । भारतिय मिडियाले जनाएअनुसार अक्षयले ‘सुर्यवंशी’को सुटिङ्ग सकिएपछि ‘कंचना’को हिंन्दी रिमेक ‘लक्ष्मी’को सुटिङ्ग सुरु गर्नेछन् । चलचित्रमा अक्षयको अपोजिटमा सोभिता धुलिपाला देखिनेछिन् । सोभिताले सैफअलि खानसँग ‘सेफ’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् ।</p><p style="text-align: justify; ">अभिनेता अक्षय कुमारले ‘लक्ष्मी’का लागि आफु निकै उत्साहित रहेको बताएका छन् ।&nbsp; दशक अघि प्रर्दशनमा आएको चलचित्र 'भुलभुलैया'ले राम्रो व्यापारका साथै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । यसका साथै अक्षय पनि चौतर्फी चर्चा बटुल्न सफल भएका थिए ।&nbsp;</p>