‘भाग्यले बाँचेकाहरु’का दुई वास्तविक पात्रलाई अमेरिकाबाट सहयोग

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अमेरिकाबाट चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’का दुई वास्तविक पात्रलाई सहयोग जुटेको छ । अर्घाखाँचीका ऋषि खनाल र मकवानपुरकी प्रिया विश्वकर्मालाई लम्जुङ समाज अमेरिकाका अध्यक्ष शशी थापा र उनकी पत्नी अप्सरा कुँवरले ऋषीको छोराको शिक्षामा सहयोग पुगोस् भनेर प्रदान गरेको २ सय अमेरिकी डलर (२२ हजार ४ सय नेपाली रुपैयाँ) बिहीबार हस्तान्तरण गरियो ।

यस्तै, युनाइटेड शेर्पा एशोशियन तथा यूएस–नेपाल अनलाइन अमेरिकाबाट विष्णुमाया परियार र प्रदीप परियार थापाले प्रियाका लागि पठाएको १५१ अमेरिकी डलर (१७ हजार नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको छ। ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले निमात्री शारदा गैरेको उपस्थितिमा अर्घाखाँचीका ऋषि र मकवानपुरकी प्रियालाई उक्त नगद रकम हस्तान्तरण गरिएको हो ।

२०७२ बैशाख १२ गतेको भूकम्पमा परि यी दुवैले एक÷एक वटा खुट्टा गुमाएका थिए । पीडितमध्ये खनालले ‘भाग्यले बाँचेकाहरु’ बने यता विभिन्न क्षेत्रका सहयोगीहरुबाट १२ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । ०७२ सालको भूकम्पमा परि चमत्कारिक रूपमा बाँच्न सफल भएकाहरुको घटनामा आधारित चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ विश्वका १३ वटा भाषामा अनुवाद भइसकेको छ ।

फिल्म विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ भने १७ वटा अवार्ड जित्न सफल भएको छ । ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रर्दशन भएको पहिलो नेपाली डकुमेन्ट्री फिल्म हो । यसलाई केही महिना अघि अमेरिकाको न्यू जर्सी राज्यले समेत सम्मान गरिसकेको छ ।

निर्देशक पाण्डेका अनुसार फिल्मका पात्र र उनका आश्रित परिवारका लागि आर्थिक र अन्य किसिमको सहयोग निरन्तर रुपमा हुँदै आएको छ । भूकम्पले लोकप्रियता हासिल गरेर विश्वमै चर्चित भए पनि खासगरि आउँदो पुस्तालाई भूकम्पीय शिक्षा दिन र भूकम्पमा परि बाँचेकाहरुको जीवनयापन सहजताका लागि डकुमेन्ट्री फिल्म बनाएको निर्देशक पाण्डेले बताए ।