‘रारा राष्ट्रिय नाटक महोत्सव’मा नाटक बहस

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

फागुन २३ गतेबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी 'रारा राष्ट्रिय नाटक महोत्सव– २०७५' को तेस्रो दिन नेपाली समाजको समसामयिक विषयवस्तु समेटिएका दुई नाटक मञ्चन गरिएका छन् । महोत्सवमा मानव अधिकार मञ्च इलामको ‘म पहिलो सन्तान किसान जन्माउँछु’ र कर्णाली कला प्रतिष्ठान सुर्खेतको ‘आमाको सपना’ शनिबार मञ्चन गरिएको छ । सुवास लुईटेल, कविता लुईटेल, नितेश लोहार, सफलता राई, प्रकाश मगर, सुसान्त चपागाईं, प्रतिमा रिजालको अभिनय रहेको यो नाटक सुरेश पोर्तेलले निर्देशन गरेका थिए । डा. देबी क्षत्री दुलालले लेखेको यो नाटकले नेपालमा रोजगारीको सँभावनालाई औंल्याएको थियो ।

शनिबार साँझ कर्र्णाली कला प्रतिष्ठान सुर्खेतले नाटक आमाको सपना मञ्चन ग¥यो । यो नाटकले बैदेशिक राजगारीमा जानु भन्दा नेपालमै केही गरौं भन्ने सन्देश युवाहरुलाई दिएको थियो । अकवर खान निर्देशित तथा बालकृष्ण सुनार लिखित यो नाटकमा भूमिका परियार, अर्जुन तिरुवा, जिवन बिसी, गीता कटुवाल, मोहन परियार, सिमा सुनार, निर्माला सुनार, शिशिर श्रेष्ठ, मदन रेग्मी, अजित बौडेलसहितको अभिनय थियो ।

सांस्कृतिक संस्थानको मूल आयोजना तथा आरंग नेपाल सुर्खेत स्थानीय आयोजक रहेको रारा राष्ट्रिय नाटक महोत्सवमा आरंग नेपालको ‘मूसल पर्व’, सोलुखुम्बु नाट्य समुह, सोलुुखुम्बुको ‘आरन’ र खप्तड सांस्कृतिक मञ्च परिवार, कैलालीको ‘छाउ’ प्रदर्शन भइसकेका छन् । मूल आयोजक सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाका अनुसार, फागुन २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा जम्मा १४ नाटकको सहभागिता रहेको छ ।

‘समृद्ध नेपाल र सुखी नेपाल’ नारा दिइएको महोत्सवमा हरेक दिन दुई नाटक प्रदर्शनका साथै नाट्य परम्परा, यसको वर्तमान अवस्था, भावि कार्यदिशा र यो क्षेत्रले व्यहोर्नुपरेको समस्याका विषयमा हरेक दिन विहान छलफल र अन्तरक्रिया भइरहेको छ । छलफलमा नाट्यकर्मसम्बन्धी कार्यपत्र प्रस्तुतसमेत हुँदैआएको जनाइएको छ ।

यसैगरी, शनिबार विहान सम्पन्न नाट्य विमर्श कार्यशालामा डा.दीपक गौतमले ‘सुर्खेतको नाटक इतिहास’ र रंगकर्मी तथा अनुसन्धानकर्ता प्रविण पुमा राईले ‘नाटकको व्यवसायिक विकास र चुनौति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालयको मानविकी संकायका डिन खोपीराम लम्साल र प्रा.डा.सावित्री कक्षपतीले टिप्पणी गरेका थिए ।