अर्जुनरत्न भिकारीको शब्द रचनामा ‘पञ्चामृत’

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

गीतकार अर्जुन रत्न भिकारीको एकल शब्द रचना रहेको एल्बम ‘पञ्चामृत’ सार्वजनिक गरिएको छ । संगीतकार सुनिल मास्केको एक्ला संगीतमा तयार भएको एल्बम राजधानीमा एक कार्यक्रम बीच आइतवार साँझ नेपाली गीतसंगीतका महारथीहरू यादव खरेल, दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एकसाथ विमोचन गरेका थिए। लेखनको लागि चिनिने यादव खरेल, गायक दीप श्रेष्ठ र संगीतकार शम्भुजित बास्कोटा तिनै गीतसंगीतका सर्जकलाई प्रमुख अतिथि बनाउदै एल्बम बिमोचन गरिएको हो ।

विमोचन समारोहलाई दुई लोकप्रिय सञ्चारकर्मी दिनेश डिसी र नरेश भट्टराईले उद्घोष गरेका थिए भने कलाकारहरु किरण केसी, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, भिडियो निर्देशक सहेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा पाँच गीत संग्रहित छन् जसमा ‘धनले होइन मनले, जवानीको ऐना हजुर , परैदेखि, मन मनै त हो, तिम्रा ति झुटा’ बोलका गीत रहेका छन् जसलाई क्रमश सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् ।

song: