नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘बुलबुल’

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

नेपाली चलचित्र ‘बुलबुल’ नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ । विगत तीन बर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको यो फेस्टिभलको गत सालको संस्करणमा नविन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो ।

विनोद पौडेल निर्देशीत ‘बुलबुल’लाई पहिलो फिल्मको रुपमा समावेश गरेको पुष्टि गरेका छन् । यो फेस्टिभलको तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ । महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ ।

यसैबीच ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले जानकारी गराएको छ । रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्तार र बजेटका फिल्मको चपेटामा परेको फिल्मले चौथो हप्तासम्म प्रदर्शन यात्रा लम्ब्याएको हो । ‘३ करोड लगानी गरेर १ करोड उठाउन मुस्किल भएको समयमा हामीले ८० लाख लगानी गरेर करोड बढी उठाएका छौं । हामी थोरै सही तर नाफामा छौं,’ पौडेलले भने । आइतबार मात्र अष्ट्रेलियामा फिल्मको प्रदर्शन अधिकार बेचेको उनले बताए । अष्ट्रेलियामा नेपाली फिल्म देखाउँदै आएको नेपाल टचले ‘बुलबुल’को प्रदर्शन अधिकार लिएको हो । पौडेलले १२ लाखमा अष्ट्रेलिया अधिकारी बेचेको जनाउँदै यही हप्ताभित्र अमेरिका र भारतमा फिल्म बेच्ने प्रक्रिया पूरा  गर्ने जनाएका छन् ।