करिश्मा ढकालः उमेर सानो सफलता ठुलो

गोपिकृष्ण चापागाईं/ फागुन, काठमाडौं ।

करिश्मा ढकाल भर्खर १९ बर्षकी पुगिन् । चारबर्ष अघिमात्रै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी करिश्माले आजको दिनसम्म एकहजार बढी म्युजीक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुरुवातका केहि महिना ब्यस्तता कम भएता पनि आफ्नो ब्यस्तता बढ्न थालेको साढे तीनबर्ष पुगेको बताउँछिन् ।

‘दिनमा तीनवटा सम्म म्युजीक भिडियोमा नृत्य गरेकी छु, बिशेषगरी तीज पर्वको बेलामा अत्यधिक ब्यस्त भइन्छ, यो सबै दर्शकहरुको माया हो’ करिश्माले भनिन् । उनी बिशेषगरी लोक तथा दोहोरी गीतको म्युजीक भिडियोमा ब्यस्त देखिन्छिन् । हजार म्युजीक भिडियोमा मोडलिङ गर्दा दुईदर्जन आधुनिक गीतको भिडियोमा अभिनय गर्ने मौका मिलेको करिश्मा बताउँछिन् । ‘मलाई लोकगीतको भिडियोमा बढी दर्शकले मन पराएको कारणले होला, एकपछि अर्को अफर लोक गीतकै भिडियोमा आउँछ ।’ करिश्मा भन्छिन् ‘बढी नाँच्ने गीतमै अफर आउँछन् ।’

‘‘१९ बर्षकी करिश्मा मोडलिङ क्षेत्रमा प्रवेश गरेको चारबर्ष पुग्दा एकहजार बढी म्युजीक भिडियोमा अभिनय गरिसकेकी छिन् । बढी लोक गीतका भिडियोमा नृत्य गरेकी करिश्मा घरपरिवारको ठुलो साथले यहाँसम्म पुग्न सफल भएको बताउँछिन् ’’

हँसिली अनुहार र मिलेको ज्यान भएकाले करिश्मालाई दर्शकले एकपछि अर्को भिडियोमा हँसिलो भएको हेर्ने चाहाना राखे । त्यसैले निर्माता तथा निर्देशकहरु सकेसम्म उनलाई ‘स्याड गीत’मा अभिनय गराउँदैनन् । ‘हामी कलाकारले यो गीत गर्छु, यो गर्दिन भन्नु भन्दा पनि दर्शकले कस्तो रुपमा आफूलाई हेर्दै आउनु भएको छ त्यहि अनुसार निर्देशकहरुबाट अफर आउँछ’ करिश्माले भनिन् ।

गोरखा २ मुच्चोक स्थाथीघर भएकी करिश्मा पछिल्लो समय महिनामा बिस दिनभन्दा बढी सुटिङमै हुन्छिन् । घरको पुर्णरुपमा साथ भएकाले आफूलाई सफलता मिलेको बताउँछिन् । ‘घरमा बाबा र ममी दुबैजनाले मेरो कामको सपोर्ट गर्नुहुन्छ, त्यसैले पनि आज यहाँसम्म छु, आफ्नो काममा घरपरिवारको साथ निकै ठुलो हुनेरहेछ’ करिश्माले भनिन् ।

उनले अभिनय गरेका म्युजीक भिडियोहरु मध्ये ‘उही खोलीको पानी, सेल्फी–सेल्फी, झुमा, सालको पात हे माया, दारु सड्काउँला’ लगायतका गीत दर्शकमाझ बढी चिनिएका गीत हुन् । उनले अभिनय गरेका गीत बिशेषगरी सुदुरपश्चिम क्षेत्रमा लोकप्रिय भएको पाइन्छ । गएको तीजपर्वमा मात्र करिश्माले ६० वटा म्युजीक भिडियोमा अभिनय गरिन् । बिशेषगरी रुने भन्दा नाँच्ने तीज गीत बढी बन्ने हुँदा पनि धेरैको रोजाईमा करिश्मा परेकी थिइन् ।

करिश्माले चार बर्षको अवधिमा थुप्रै अवार्ड पनि हातपार्न सफल भएकी छिन् । ओएस नेपाल म्युजीक अवार्ड, नेपाल म्युजीक अवार्ड, सुन्दरादेवी अवार्ड, बिन्दाबासिनी अवार्ड, लोकदोहोरी म्युजीक अवार्ड र सगरमाथा म्युजीक अवार्डमा उत्कृष्ट मोडलको अवार्ड हात पारेकी छिन् ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)