‘भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी’ सम्पन्न

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

फागुन २६ देखि सुरु भएको नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचारबिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी’ मंगलबार सकिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेका थिए । प्रदर्शनीमा ललितकला क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अन्य कलाकारगरी ६५ जना कलाकारका ६५ कलाकृति राखिएका थिए । कलाकारले एक्रेलिक, वयल, वाटर, चार्कोल र मिक्समिडिया माध्यमको प्रयोग गरेका थिए ।

प्रदर्शनीमा राखिएका ६५ चित्रकला मध्येबाट उत्कृष्ट १२ चित्र र त्यसमा कलाकार उद्धवराज रिमाल पहिलो, कृष्ण लामा दोस्रो र साजन ह्यङ्गजु तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने कलाकारलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको चित्रकला प्रदर्शनी संयोजक उपप्राध्यापक जस्मिन राजभण्डारीले जानकारी दिए । त्यस्तै, अनिल महर्जन, निरज चित्रकार, लक्ष्मण भुसाल, सविन आचार्य, कमल श्रेष्ठ, विद्यामन तामाङ, रोजन खड्का, विवश राई, कृष्णादेवी महर्जनलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।