‘प्ले ब्वाई’ उपनामले चर्चित रणवीर कपूर

मुम्बई , एजेन्सी ।

बलिउडका अभिनेता रणवीर कपूरले थुप्रै युवतीहरुसँग रोमान्स गरेका छन् । बलिउड सिने क्षेत्र भित्रैका र बाहिरका धेरै युवतीहरुलाई उनले धोका दिएका छन् । त्यसैले उनी 'प्ले ब्वाई' उपनामले चर्चित छन् । उनको मिडियामा आएको प्रेम कहानी थोरै भएपनि उनको भित्री जीवनको बारेमा बुझ्नेहरु उनलाई ‘प्ले ब्वाई’ भन्छन्।

रणवीरले ‘सावारिया’ नामक चलचित्रबाट आफूलाई बलिउडमा प्रवेश गराएका थिए । यस चलचित्रबाटै अभिनेत्री सोनम कपूरले पनि बलिउडमा प्रवेश गरेकी हुन् । दूबैले एकैसाथ इन्डस्ट्रीमा प्रवेश गरेसँगै उनको नाम सोनमसँग जोडिएको थियो । यो चलचित्रको समयमा रणवीर र सोनम गहिरो प्रेममा थिए । तर, यी दुइको प्रेम मिडियामा सार्वजनिक भएन ।

त्यसैगरी रणवीरको २००८ मा प्रर्दशनमा आएको दोस्रो चलचित्र 'बच्ना ए हसिनो'मा रणवीर कपूर र अभिनेत्री दिपिका पादुकोणले एकसाथ स्क्रिन सेयर गरे । त्यसै दौराना रणवीरको दिपिकासँग अफियर सुरु भएको थियो । उनको प्रेम दिपिका पादुकोणसँग सर्वाधिक चर्चामा रह्यो । रणवीर र दिपिका दूई बर्ष प्रेम सम्बन्धमा रहे । एक प्रेस मिटमा दिपिकाले आफै रणवीरलाई कट्रिना कैफसँग परिचय गराइन् र आफ्नो प्रेमी भन्दै चिनाईन् । तर सन् २००९मा प्रर्दशनमा आएको चलचित्र 'अजब प्रेम कि गजब कहानी'को शूुटिंगमै रणवीर कट्रिना सँग लिप्त भए । त्यही बेलादेखिनै दिपिका सँगको सम्बन्ध टुटाउदै रणवीर कट्रिनासँग प्रेममा मग्न हुन पुगे । यता दिपिका भने भारतीय रिपोर्टसले बताए अनुसार डिप्रेसनले ग्रसित हुन पुगिन् । अन्तत सबैमा जानकारी छ उनी रणवीर सिंह सँग बिवाह बन्धनमा बाँधिसकेकी छिन्। दिपिकासँग प्रेममा रहँदा नै रणवीरले कट्रिना कैफसँग सम्बन्ध अगाडि बढाएको चर्चा थियो ।

तर कैट र रणवीरको सम्बन्ध पनि धेरै टिकेन। रणवीरकी आमा नितु कपूरले कट्रिना कैफलाई बुहारीको रुपमा स्वीकार गर्न नचाहेको भारतीय रिपोर्टसले जानकारी दिएका थिए। कट्रिनाले एक कार्यक्रममा रणवीरको परिवारसँग फोटो खिचाएकी थिइन् । उक्त फोटो बाट कट्रिनालाई क्रोप गरि हटाएर नतु कपुरले उक्त फोटो सामाजिक सन्जालमा पोस्ट गरिन् । यसरी रणवीरसँग प्रेममा रमाएकी कट्रिनाले करिअरलाई नै विर्सिएकी थिइन् । जसलेगर्दा, आज रणवीरसँगको ब्रेकअपपछि करिअरको सोही बाटोमा फर्किन कट्रिनालाई मुश्किल परिरहेको छ । उनीहरु सन् २०१६ को सुरुवातसँगै छुट्टिए । उनीहरूको ब्रेकअपको कारण कट्रिनाको पूर्व प्रेमी सलमान भएको बुझिएको छ । रणवीर र कट्रिनाको प्रेममा पनि शंकाले नै बढी बास गर्यो । कट्रिना अहिले रणवीरसँगको प्रेम सम्झन पनि चाहन्नन् ।

कट्रिना कैफसँग पनि ब्रेकअप भएपछि हाल अभिनेत्री आलिया भट्टसँग जोडिन पुगेका रणवीर खुशी छन् । रणवीरको विगत हेर्दा पनि धेरैले आलियासँग उनको सम्बन्ध लामो टिक्दैन भन्ने गर्दछन् । तर, रणवीर यसपटक भने आफू प्रेममा गम्भिर रहेको बताउँदै आएका छन् । यो प्रेमसम्बन्धलाई लिएर दुबैका परिवार खुशी छन् । गत बर्षदेखिनै प्रेम सम्बन्धका कारण चर्चामा रहदै आएका रणवीर र आलिया भट्ट अब छिट्टै बिबाह गर्ने तयारीमा छन् ।