कलाकार रबि डंगोल ‘सुकु’ मोटरसाइकल दुर्घटनामा

...

Rabi dongol - bike accidentकात्तिक ३०, काठमाडौं । हाँस्य कलाकार रबि डंगोल (सुकु) मोटरसाईकल दुर्घटनामा परेका छन् । कलाकार डंगोल हेटौंडाको एक कार्यक्रममा जाने क्रममा कात्तिक २३ गते फपिंगमा सडक चिप्लो भएको कारण अनियन्त्रित भई मोटरसाईकल दुर्घटनामा परेका हुन् ।

हेटौंडामा नेपाल सम्बतको अवसरमा आयोजना गरीएको एक कार्यक्रममा सहभागि हुन जाँदै गर्दा मोटरसाईकल दुर्घटना भएको र त्यो बेलामा खासै केहि नभए जस्तो अनुभुति भएकोले उनी हेटौंडा नै पुगेको कार्यक्रममा आफ्नो प्रस्तुती देखाएका थिए । साथै उनले कार्यक्रम सकेपछि खुट्टा साह्रै दुखेको र पछि अस्पताल भर्ना हुनुपरेको बताए । “शुरुमा त खासै दुखेको थिएन जब पछि कार्यक्रम सकेँ त्यसपछि साह्रै भयो”, उनले आर्टिस्ट खबरसँग भने । कलाकार रबिका अनुसार डाक्टरले उनलाई एक महिना आरामको समय दिएको छ । उनी अहिले छाउनी स्थित आफ्नै निवासमा आराम गरीरहेका छन् ।
rabi dongol in bike