हलमा ‘द म्यान फ्रम काठमाडौं’,‘जानी नजानी’,र ‘पुरानो बुलेट’ कुन हेर्ने?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आजबाट तीन नेपाली चलचित्र ‘जानी नजानी’,'द म्यान फ्रम काठमाडौं’, र ‘पुरानो बुलेट’ एकसाथ प्रदर्शनमा आएका छन्। नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको चलचित्र 'द म्यान फ्रम काठमाडौं' सँग अन्य दुई चलचित्र 'जानी नजानी’ र ‘पुरानो बुलेट’ भिड्दैछन्। नेपालसँगै बलिउड, हलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको 'द म्यान फ्रम काठमाडौं’मा कर्मा शाक्य, जोसे मानुइल र अभिनेत्री आना शर्मा चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, मिथिला शर्मा, शिशिर बाङ्देल, परमिता आर एल राना, सुनिता ठाकुरलगायतको अभिनय रहेको छ ।

तीन चलचित्र मध्ये बजेटको हिसाबमा ‘द म्यान फ्रम काठमाडौं’अघि छ । बजेट मात्रै करिब पाँच करोड बढी रहेको यस चलचित्र अन्य दुई चलचित्र भन्दा विशेष रहने अनुमान गर्न सकिन्छ ।

'द म्यान फ्रम काठमाडौं’लाई क्युएफएक्स सिनेमाजका मालिक नकिम उद्दिनले निर्माण गरेका हुन् । नेपालकै ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजले ‘द म्यान फ्रम काठमाडौं’ लाई राजधानीका पाँचवटा मेजर स्टेशनमा चलचित्रलाई २० सोज दिइएको छ । सँगै प्रर्दशन भएका अन्य दुई चलचित्रलाई भने क्यूएफएक्सले निकै न्युन शो दिएको छ । ‘पुरानो बुलेट’ले  मात्र पाँच शो पाएको छ भने अर्को चलचित्र ‘जानी नजानी’ले निकै कम मात्रै २ शो पाएको छ। नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गरिएको चलचित्र 'द म्यान फ्रम काठमाडौं’लाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । नकिम उद्दिनले नेपाली चलचित्रले पनि अन्तर्राष्ट्रिय बजारमा ठाँउ पाउनुपर्छ भन्ने सोचले यस चलचित्र निर्माण गरेको बताएका छन् । चलचित्रलाई नेपालमा प्रर्दशन भएलगत्तै अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ ।

निर्देशक भिषण राईले निर्देशन गरेको ‘पुरानो बुलेट’मा अनुप, बर्षा र मालाको अलवा कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, कविता आले, दिवज राई, शिव मुखियालगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणलाई सन्तोष राईले सघाएका छन् । सन्तोष राई कार्यकारी निर्माता रहेको यस चलचित्रमा दिपेन्द्र लिम्बु, अशोककुमार राई, टिकाराम राई र विरेन साम्बा निर्माताको रुपमा छन् । प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी रहेको चलचित्रमा हरि घले लामाको छायांकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ ।

बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको चलचित्र ‘जानी नजानी’ लाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् । सामिप्यराज तिमल्सिनाको कथा समावेश चलचित्रमा संजय लामाको छायांकन रहेको छ । चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् ।आधुनिक प्रेमकथामा आधारित चलचित्रमा कृष्ण भक्त महर्जन, रोशनी केसी प्रकाश अधिकारी लगायतको पनि अभिनय रहेको छ ।