‘गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निमार्णस्थलमा धुर्मुस -सुन्तलीको श्रमदान

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चितवनमा बन्दै गरेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले श्रमदान गरेका छन् । गएको मंगलबार र बुधबार निर्माणस्थलमै पुगेर धुर्मस सुन्तलीले बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्ने जस्ता काम गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं १५ मा निर्माणाधीन रंगशालमा अहिले सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम भइरहेको छ । निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भईरहेको छ  । उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनिहरु आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका थिए । भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रंगशाला निमार्ण गर्न लागिएको छ । कट्टेल र घिमिरे दुबैजना एकै ठाउँमा बसेर स्थानीयहरु संग भेटघाट पनि गरिरहेका थिए ।

रंगशालाको संयोजक संस्था धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ । तीन करोड नेपालीहरुको सहयोगलेनै रंगशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे । ‘एउटा साधारण व्यक्तिले देखेको सपनाहो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भन्छन् ‘यो देश बिकासकालागि सबै एक हुने समय आएको छ ।’