जीतु र रिनाशालाई वर्ष व्यक्ति र विष्णुलाई रंग पत्रकारिता पुरस्कार

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

जीतु नेपाल र निर्देशक बनेकी रीनाशा वान्तवा राईलाई फिल्मीखबर वर्ष व्यक्ति सम्मान अर्पण गरिएको छ । फिल्मीखबर साप्ताहिकले आफ्नो १० औं वार्षिक उत्सवको अवसर पारेर वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको हो । विष्णु प्रसाद सुबेदीलाई फिल्मीखबर–सविन शाक्य स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गरियो ।

फिल्मीखबरका सम्पादक शान्तिप्रियको सभापतित्वमा सम्पन्न समारोहमा बरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह, बरिष्ठ संगीतकार शम्भुजित बासकोटा, बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला, बरिष्ठ अभिनेता सुनिल थापा, बरिष्ठ अभिनेता सरोज खनालको आथित्यता रहेको थियो । समारोहमा कलाकार तथा निर्देशक दिपाश्री निरौला, कलाकार केदार घिमिरे माग्ने बुढा, कलाकार निर्मल शर्मालगायत थुप्रै चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

जीतु नेपालले यस वर्ष अत्याधिक सफल चलचित्र छक्का पञ्जामा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसै वर्ष नेपाल टीभिमा रीयालिटि शो मुन्द्रेको कमेडी क्लव सञ्चालन गरी चर्चामा आएका छन् । यस्तै रीनाशाले चलचित्र कोरीयोग्राफिमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसै वर्ष निर्देशनमा पाइला चालेकी राई इन्टु मिन्टु लण्डनमा मार्फत नव निर्देशकहरुमा सफल देखीएकी छिन् । यस्तै वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कारबाट पहिलोपटक विष्णु प्रसाद सुवेदी पुरस्कृत भएका हुन् । सुवेदीविगत डेड दशक देखी रंग पत्रकारितामा सक्रिए छन् ।

वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफि र रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफि एवं १००१०।– (रु. दश हजार दश) राशी रकम सहित सम्मान तथा पुरस्कार प्रदान गरीएको हो । यस्तै उपस्थित चलचित्रकर्मीहरुले फिल्मीखबरको १० औं वर्ष प्रवेशको अवसरमा बधाई तथा शुभकामना प्रकट गरेका थिए । बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले फिल्मीखबरको योगदानको चर्चा गरेका थिए भने शम्भुजित बासकोटा र बसुन्धरा भ्ुषालले निरन्तर र निर्भिक पत्रकारिता चुनौतिपूर्ण भएपनि त्यसलाई फिल्मीखबरले जिम्मेबारी पूर्वक बहन गरेको बताएका छन् । यस्तै सुनिल थापा, सरोज खनाल, चैत्यदेवि लगायतले पत्रकारिताको माध्यमबाट चलचित्र क्षेत्रको विकासका लागि समेत महत्वपूर्ण योगदान दिएको जनाए ।