किन पछि सर्यो ‘दाल भात तरकारी’ ?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

केही समय देखि हप्ताको शुक्रबार कम्तिमा दईटा, कहिले तीन चार वटा सम्म चलचित्र जुधेको पाइएको छ। यसरी प्रर्दशन मिती जुध्दा निर्माताहरुलाई मार पर्ने हुनाले उनीहरुले आपसमा सल्ला गरेर चलचित्रको मिती सार्ने गर्छन् । कतिपय निर्माता यस्ता पनि छन्,आपसी रसिवीका कारण जानी जानी चलचित्र जुधाउने गर्छन्। नेपाली मात्र नभएर हलिउड, बलिउड चलचित्रदेखि झन निर्माताहरु डराउँने गर्छन । हाल पनि त्यस्तै अवस्था आएको छ। एक हलिउड चलचित्रका कारण नेपाली चलचित्र ‘दाल भात तरकारी’ एक हप्ता पछि सरेको छ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको ‘दाल भात तरकारी’ तोकिएको मिती बैशाख १३ मा दर्शकमाझ नआउने भएको छ। यस चलचित्र एक हलिउड चलचित्र ‘एभेन्जरः इन्ड गेम’का कारण सरेर बैशाख २० गते पुगेको छ । उक्त मितीमै ‘एभेन्जर’ पनि प्रर्दशनमा आउँने र मल्टिप्लेक्स ओगट्ने कारणले निर्माण टिम पछि सरेका हुन् । तर ‘दाल भात तरकारी’ टिमले भने चलचित्र प्रर्दशनमा नआउनुको कारण प्राविधिक काम नसकिएको बताएका छन् । यस अघि चलचित्र बैशाख १३ का लागि फाइनल भएको र ‘एभेन्जर’ पनि सोही मितीमा आउने भएपछि एक्कासी चलचित्रको प्रर्दशन मिती सारेपछि प्राविधिक कारणले नभई ‘दाल भात तरकारी’ टिम एभेन्जर’ कै कारणले पछि सरेको अनुमान गर्न सकिन्छ । किनकी उक्त हलिउड चलचित्र दर्शकमाझ प्रतिलक्षित बनेको छ ।

कमेडि जनरामा निर्माण भएको यस चलचित्रमा चर्चित कलाकारहरु निरुता सिंह ,हरिवंश आर्चाय,आँचल शर्मा, पुष्प खड्का, मदन कृष्ण श्रेष्ठ, शिशिर वाङ्देल, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, लगायत कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको कथा लेखन हरिवंश आर्चायको रहेको छ। सुदन केसीले निर्देशन गरेको चलचित्रमा रमिला आर्चाय,नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । चलचित्रमा दिर्घ गुरुङको छायाँकन रहेको छ भने मित्र डी गुरुङको सम्पादन रहेको छ ।