‘दाल भात तरकारी’ शीर्ष गीतमा हरिवंश र निरुता सेफ

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यस अघि पहिलो गीत ‘भिजिट भिषामा’ युट्युबमा सार्वजनिक गरेर करोड भन्दा बढी भ्यूज पाउन सफल चलचित्र 'दाल भात तरकारी' टिमले शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको शीर्ष गीत सार्वजनिक गरेको छ । राजेशपायल राई र स्मिता दाहालले गाएको 'दाल भात तरकारी' बोलको गीतमा शम्भुजित बाँस्कोटाको संगीत समावेश छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह पुष्प खड्का र आँचल शर्मा फिचर्ड छन् । सेफको पहिरनमा देखिएका हरिवंश र निरुताले भिडियोलाई थप रमाईलो बनाएर दर्शकलाई भरपुर मनोरन्जन दिने प्रयास गरेका छन् । चलचित्रमा हरिवंश र निरुता पुष्पको आमा बुवाको भूमिकामा रहेका छन् ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको ‘दाल भात तरकारी’को भर्खरै मात्र प्रर्दशन मिती सरेको खबर सार्वजनिक भएको छ । बैशाख १३ मा प्रर्दशनमा आउँने भनिएको चलचित्र एक हप्ता पछि सरि बैशाख २० गते दर्शकमाझ आउने भएको छ ।

निरुता सिंह ,हरिवंश आर्चाय,आँचल शर्मा, पुष्प खड्का सँगै मदन कृष्ण श्रेष्ठ, शिशिर वाङ्देल, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, लगायत कलाकारहरुको पनि अभिनय रहेको छ। कथा लेखन हरिवंश आर्चायको रहेको कमेडि जनराको चलचित्रकोलाई सुदन केसीले निर्देशन गरेका हुन् । रमिला आर्चाय,नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ निर्माताको रुपमा रहेको चलचित्रमा दिर्घ गुरुङको छायाँकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।