फेरी ‘छक्का पञ्जा २’ प्रर्दशन हुने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

करोडौं लगानी गरेर निर्माण भएका नेपाली चलचित्र हप्ता दिनसम्म पनि हलमा नटिकेको अवस्थामा २०७४ सालको हिट चलचित्र ‘छक्का पञ्जा २’ भने फेरी प्रदर्शन हुने भएको छ । ५१ दिन भन्दा बढी मनाइसकेको यो चलचित्र दर्शकको चाहाना बमोजिम फेरी आउँदो बर्षको बैशाख १३ गतेबाट प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।

उक्त मितिमा कुनै नेपाली चलचित्र प्रदर्शनमा आउदै छैनन्, त्यसैले ‘छक्का पञ्जा २’ प्रदर्शन गर्ने तयारी निर्माण टिमले गरेको हो । उक्त मितिमा हलिउडको बहुप्रतिक्षीत चलचित्र ‘एभेन्जरः इन्ड गेम’ आउन लागेका कारण अन्य कुनै नेपाली चलचित्र प्रदर्शनमा आउने आँट गरेनन् । यसअघि चलचित्र ‘दाल भात तरकारी’ आउने भनिएपछि बहुप्रतिक्षित हलिउड चलचित्रकै कारण पछि सारियो ।

दीपाश्री निरौला निर्देशीत ‘छक्का पञ्जा २’मा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मको तेस्रो पार्ट पनि प्रदर्शनमा आइसकेको छ ।