श्रद्धा रिप्लेस, साइना नेहवालको बायोपिकमा परिणीतिको इन्ट्री

मुम्बई , एजेन्सी ।

भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिक चलचित्र 'सायना'बाट श्रद्धा कपूर बाहिरीएको खबर सार्वजनिक भएको छ। श्रद्धा महिनौ सम्म ब्याडमिन्टनको ट्रेनिङ लिएर श्रद्धा खेलाडी साइना नेहवालको बायोपिकमा अनुबन्धित थिइन्। तर हालै मात्र उक्त चलचित्रबाट उनी बाहिरिएको खबर सार्वजनिक भएको छ। 'सायना' बाट आफ्नो व्यस्तताका कारण श्रद्धा कपूर बाहिरिनु परेको भारतिय संचार माध्यमले जनाएका छन् । श्रद्धा कपूरलाई बलिउडकी अर्की अभिनेत्री परिणीति चोपडाले रिप्लेस गरेकी छिन् ।

गएको बर्ष नै छायांकन सुरु भएको यस चलचित्र छायांकनकै दौरानमा श्रद्धालाई डेङ्गू भएपछि छायांकन बीचैमा रोकिएको थियो। त्यसबखत देखिनै अमोल गुप्ताको निर्देशन रहने यस चलचित्रको छायांकन फेरी सुरु हुन सकिरहेको थिएन । तर अहिले चलचित्र टिमले श्रद्धालाई हटाएर परिणीतिको साथमा चलचित्रलाई अगाडी बढाउने निर्णय गरेका छन् ।

श्रद्धाले डेङ्गू रोग निको हुने बित्तिकै निर्देशक रेमो डिसुजाको ‘एबिसीडी ३’ साइन गरेकी थिइन् । आफुले काम गरिरहेको चलचित्रलाई छाडेर अर्को चलचित्रमा हात हालेपछि 'सायना' निर्माण टिमले उनलाई हटाएका हुन् ।

यस समय अभिनेत्री श्रद्धा कपूर धवनसँगको डान्समा आधारित चलचित्र ‘स्ट्रीट डान्सर थ्रीडी’ को छायांकनसँगै २०१९ अगष्ट महिनामा प्रर्दशनमा आउँने चलचित्र ‘साहो’को प्रचारप्रसारमा ब्यस्त छिन् । साउथ सुपरस्टार प्रभाससँग स्क्रीन सेयर गरेकी उनी प्रभासकै साथमा चलचित्रको प्रचारप्रसार गरिरहेकी छिन् । केही दिनपछि उनी अभिनेता टाइगर श्राफसँगको चलचित्र ‘बागी ३’ को छायांकन पनि सुरु गर्दैछिन् ।।