रुचाइयो ‘ए मेरो हजुर ३’ गीत, दर्शक भन्छन्- फिल्म हेर्न आतुर

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> यहि चैतको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ३’को सार्वजनिक ‘जीन्दगी नै भन्दिन’बोलको गीतले दर्शकको माया पाएको छ । दुईदिन अघि युट्युवमा सार्वजनिक उक्त गीतले १४ लाख भन्दा बढी म्युज कमाइसकेको छ भने ५६ हजार भन्दा बढी लाइक र ७ हजार प्रतिक्रिया पाएको छ ।&nbsp;यसका साथै यो समाचार तयार पार्दा सम्म नेपालको युट्युव टे्रन्डिङको पहिलो स्थानमा आएको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">गीतको भिडियो हेरिसकेपछि अधिकांश दर्शकले चलचित्रका नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडीको तारिफ गरेका छन् । साथै गीतको मेकिङ पक्षको पनि तारिफ गरिएको छ । आएको प्रतिक्रिया हेर्नेहो भने अधिकांशले चलचित्र हेर्न आतुर भएको पनि लेखेका छन् । जोहन गुरुङ नाम गरेका एक जनाले लेख्छन्, ‘लामो समयदेखिको पर्खाइमा थियो । ए मेरो हजुर ३ फिल्मको गित सुन्न । आज बल्ल हेर्न पायौं ।’ यस्तै भूवन रेग्मी गरेका अर्का दर्शकले लेखेका छन् ‘सुहानाको काम पनि राम्रो लाग्यो गितमा, अब ट्रेलर र मुभिको पर्खामा ।’&nbsp;</p><p style="text-align: justify; ">सार्वजनिक गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको छ भने एक नारायण भण्डारीको शब्द छ । आशिष अविरलले गीतमा संगीत भरेका छन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । झरना थापा यो चलचित्रको निर्देशक र निर्मात्री हुन् ।&nbsp; &nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/iLnmTe5Q2Qw" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>