‘नीरफूल’को प्रदर्शन मिति घोषणा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

पत्रकार फूलमान वलको निर्देशन रहेको चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति घोषणा गरिएको छ। २०७६ सालको भदौ २७ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको वितरक मनोज राठीले जानकारी दिएका छन् । अभिनेता दयाहाङ राई अभिनित यस चलचित्रको गत बर्षनै छायांकन सकिएको थियो। तर प्रर्दशनमा आउँन भने केही कारणले रोकेको थियो । निर्देशक वलले बताएअनुसार भीएफएक्स र एनिमेसनको काम समयमै नसकिएका कारण चलचित्र प्रर्दशन हुन ढिला भएको हो।

बुद्धि तामाङ, पुष्कर गुरुङ, शान्ति वाइबा, राजन खतिवडा, जिम्मे छ्योइकी घिसिङलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको चलचित्रमा अभिनेत्री रेखा थापा पाहुनाको भूमिकामा छिन् । चलचित्र फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा बनेको हो । सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रको कार्यकारी निर्मातामा डोमा सोनाम रहेका छन् ।चलचित्रमा अर्जुन पोखरेलको संगीत ,प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।