‘लभ स्टेशन’ गीत :प्रदीपको आँगनीमा जसिता

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यहि चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मेरो आँगनीमा आज जुन उदायो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको प्रेम देखाइएको छ । भिडियोमा प्रदीप एक गायकको रुपमा गीत गाइरहेका छन् । बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वर रहेको छ ।

चलचित्रमा प्रदीप एक लोक व्याण्डका गायक हुन्छन् । ‘लभ स्टेशन क्याफेमा म आफ्नो ब्यान्ड सहित गायनको तयारीमा हुन्छु । सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रसँसा यो गीत गाउँछु ।’ प्रदीपले भने । यो चलचित्रमा आफु कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा रहेको पनि अभिनेता प्रदीपले जानकारी गराएका छन् ।

गीत लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । ‘सफ्ट फ्लेबर’को यो गीतले अहिले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रमा यो गीत मार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा आफुहरु प्रचार प्रसारमा व्यस्त रहेको पनि प्रस्तुतकर्ता शाहीले जानकारी गराए । उनका अनुसार लभ स्टशन टिमले मँगलबारदेखि मोफसलको यात्रा पोखराबाट सुरु गर्दैछ । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

song: